सेटिङमा ठेक्का खाने, काम नगर्ने रसुवाका ५ ठेकदार कालोसूचीमा

सार्वजनिक निर्माण क्षेत्रमै लापरबाही र ठगी गर्ने प्रवृत्तिमा संलग्न २२ ठेकदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा टेकेको छ। ठेक्का पाउने बेला ‘सेटिङ’ मिलाउने तर तोकिएको समयमै काम पूरा नगर्ने यस्ता कम्पनीलाई सम्बन्धित सार्वजनिक निकायहरूले कालोसूचीमा राख्न सिफारिस गरेका हुन्।

बिज्ञापन

सडक डिभिजन नुवाकोटले मात्र ६ निर्माण कम्पनीको नाम सिफारिस गरेको छ। तीमध्ये टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेलको गौरीगाई निर्माण सेवा,  राजु तितुङको लोबेन निर्माण सेवा, नबिन घलेको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामाको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङको लाङलाङ मानेज्यार्सा जेभी छन्।

बिज्ञापन

कार्यालयका अनुसार, रसुवाका ५ कम्पनीसहितका यी ठेकदारहरूले ‘काम गर्ने भन्दा कागजमा प्रगति देखाउने’ र ‘निर्माणस्थलमा ढुंगो-बालुवा भन्दा अफिसमा बहाना थुपार्ने’ पुरानो प्रवृत्ति दोहोर्याएका छन्। तोकिएको समयसीमा, प्राविधिक मापदण्ड र सम्झौताका सबै शर्त उल्लङ्घन गर्ने यस्ता कम्पनीलाई सार्वजनिक निर्माण क्षेत्रमा अर्को मौका नदिनेगरी कालोसूचीमा राखिएको कार्यालयको चेतावनी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष