सेटिङमा ठेक्का खाने, काम नगर्ने रसुवाका ५ ठेकदार कालोसूचीमा

सार्वजनिक निर्माण क्षेत्रमै लापरबाही र ठगी गर्ने प्रवृत्तिमा संलग्न २२ ठेकदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा टेकेको छ। ठेक्का पाउने बेला ‘सेटिङ’ मिलाउने तर तोकिएको समयमै काम पूरा नगर्ने यस्ता कम्पनीलाई सम्बन्धित सार्वजनिक निकायहरूले कालोसूचीमा राख्न सिफारिस गरेका हुन्।

बिज्ञापन

सडक डिभिजन नुवाकोटले मात्र ६ निर्माण कम्पनीको नाम सिफारिस गरेको छ। तीमध्ये टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेलको गौरीगाई निर्माण सेवा,  राजु तितुङको लोबेन निर्माण सेवा, नबिन घलेको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामाको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङको लाङलाङ मानेज्यार्सा जेभी छन्।

बिज्ञापन

कार्यालयका अनुसार, रसुवाका ५ कम्पनीसहितका यी ठेकदारहरूले ‘काम गर्ने भन्दा कागजमा प्रगति देखाउने’ र ‘निर्माणस्थलमा ढुंगो-बालुवा भन्दा अफिसमा बहाना थुपार्ने’ पुरानो प्रवृत्ति दोहोर्याएका छन्। तोकिएको समयसीमा, प्राविधिक मापदण्ड र सम्झौताका सबै शर्त उल्लङ्घन गर्ने यस्ता कम्पनीलाई सार्वजनिक निर्माण क्षेत्रमा अर्को मौका नदिनेगरी कालोसूचीमा राखिएको कार्यालयको चेतावनी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेटिङमा ठेक्का खाने, काम नगर्ने रसुवाका ५ ठेकदार कालोसूचीमा

आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा

‘मेरी बास्सै’मा राजु मास्टरको पुनरागमन : लेखन र निर्देशनको नयाँ जिम्मेवारीसहित घरफिर्ती

अधिकृत पदमा स्थायी नियुक्तिका लागि सिफारिस भए ११ उमेद्धार

लेखाका ४ उपसचिव र १४ अधिकृतको सरुवा {सूचीसहित}

मेयरविरुद्ध भ्रष्टाचार मुद्धा

राजीनामाको चर्काे दबाबमा रामहरि

अहिले विद्युतीय गाडीहरूको क्षमतामाथि प्रश्न उठेको छ, हामीसँग जाँच्न मेसिन छैन : महानिर्देशक भट्टराई

बिशेष