प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस

 प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन्।

बिज्ञापन

 

बिज्ञापन

न्याय परिषद्को बुधबार बसेको बैठकले डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

 

बिज्ञापन

परिषदका अनुसार डा. घिमिरेले प्रशासकीय अदालत ऐन, २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको योग्यता पूरा गरेका छन्। उनले नेपाल न्याय सेवाअन्तर्गत राजपत्र विशिष्ट श्रेणीको पद नायव महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका छन्।

 

प्रशासकीय अदालत तीन सदस्यीय रहने गर्दछ। तीमध्ये एक अध्यक्ष र दुई सदस्य रहन्छन्। अदालतको अध्यक्षमा विशिष्ट श्रेणीका अधिकृत वा सो सरहको अनुभव भएका व्यक्तिहरू सिफारिस हुने व्यवस्था रहेको छ।

 

डा. घिमिरे कानून, प्रशासन र न्यायिक सेवा क्षेत्रका अनुभवी व्यक्तिका रूपमा चिनिन्छन्। न्याय परिषद्को सिफारिसपछि अब मन्त्रिपरिषद्को निर्णयमार्फत उनको नियुक्ति औपचारिक रूपमा हुनेछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सरकारी कर्मचारीको मुद्धा हेर्न जिम्मेवारी घिमिरेलाई

भ्रष्टाचार मुद्धामा मेयर दोषी ठहर ३ करोड जरिवाना,१ बर्ष कैद सजाय

सात हजार घुस खाने कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ: मन्त्री न्यौपाने

प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रधानमन्त्री र राष्ट्र संघीय उपमहासचिव बिच भेटबार्ता

लोडसेडिङको तालिका सार्वजनिक गर्ने हाकिम लखेटिए

बिशेष