गृहमा सहसचिवको जिम्मेवारी हेरफेर, काफ्ले प्रवक्ता नियुक्त

गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारीमा हेरफेर गर्दै सहसचिव आनन्द काफ्लेलाई मन्त्रालयको प्रवक्तासहित सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएको छ।

बिज्ञापन

काफ्ले यसअघि नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत थिए। उनलाई सहसचिव रामचन्द्र तिवारीको स्थानमा ल्याइएको हो। तिवारी हालै अध्यागमन विभागको महानिर्देशकमा खटाइएपछि प्रवक्तासहितको सुरक्षा तथा समन्वय महाशाखा रिक्त रहेको थियो।

बिज्ञापन

सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयका विषय सम्हाल्ने जिम्मेवारी बोकेको छ। यस्तो संवेदनशील महाशाखाको नेतृत्व सम्हाल्ने जिम्मेवारीसहित काफ्लेले मन्त्रालयको प्रवक्ता पद पनि सम्हाल्ने छन्।

त्यसैगरी, केही दिनअघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। यस महाशाखाले विपद् जोखिम मूल्यांकन, पूर्वतयारी तथा प्रतिकार्य, राहत वितरण, तथ्यांक व्यवस्थापन तथा शान्ति प्रवर्धनजस्ता विषयमा काम गर्ने गर्दछ।

बिज्ञापन

मन्त्रालयका अर्का सहसचिव विष्णु प्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको थियो । गुल्मीमा सिडिओ पद रिक्त थियो । कोइरालालाई दुई साताअघि मात्र अध्यागमन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष