छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

अन्तत लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन पास भएको छ ।

बिज्ञापन

सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान किन र कसरी राखियो भन्नेबारे छानबिन गर्न गठित समितिले मंगलबार बिहान ४ बजे प्रतिवेदन सर्वसम्मत पास गरेको हो ।

बिज्ञापन

२१ दिनको समय पाएको समितिलाई ७ दिनको समय थपेर १९ साउनसम्मको समय दिइएको थियो । त्यो म्याद आइतबार सकिए पनि समितिले मंगलबार बिहान मात्रै सहमति जुटाएको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियार सभापतित्वको समितिमा कांग्रेस सांसद सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य रहेका छन् ।

बिज्ञापन

कुलिङ अफ पिरियडमा भएको छेडखानीमा काँग्रेस सांसदहरुले सभापति रामहरि खतिवडालाई दोषी किटान गर्नु नहुने र एमालेका सांसदहरुले मुख्य सचिव र संसदका महासचिव र सचिवहरुलाई दोषी किटान गर्न नहुने अडान राख्दै आएपछि समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन सकेको थिएन । हिजो दिनभर चलेको छलफलमा समेत सत्ता पक्ष सांसदहरु टस मस नभएपछि प्रतिपक्षबाट प्रतिनिधित्व गरिरहेका तीन जना सांसदहरुले राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने र मुख्यसचिव सहित उच्च पदस्थ कर्मचारीले पदीय आचरण अनुकुल कार्य नगरेको किटान गर्नुपर्ने दुँइ बुँदा राखेर निस्किएका थिए ।

हिजो साँझ सात बजे बसेको बैठक लामो रस्साकस्सी पछि बिहान ४ बजे सहमति जुटेको र सर्वसहमतबाट समितिबाट प्रतिवेदन पास भएको जनाइएको छ ।  कुलिङ अफ पिरियडको प्रावधान निष्क्रिय पार्नमा प्रत्यक्ष जिम्मेवारीमा रहेकाहरू र त्यसलाई निष्क्रिय पार्न परोक्ष भूमिका खेल्नेहरूलाई जवाफदेही बनाउने गरी सहमति जुटेसँगै सातै जनाले हस्ताक्षर गरसँगै बिहान चार बजे प्रतिवेदन प्रतिवेदन सर्वसम्मत पास गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष