श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

अबदेखि श्रम इजाजत प्रक्रियाका लागि श्रमिक आवश्यकताको विज्ञापन केवल राष्ट्रियस्तरका पत्रिकामा मात्र नभई सरकारले सञ्चालनमा ल्याएको ‘श्रम संसार पोर्टल’ (www.shramsansar.gov.np) वा ‘श्रम संसार एप’ मा समेत अनिवार्यरूपमा राख्नुपर्ने भएको छ।

बिज्ञापन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम ऐन, २०७४ को दफा २२ को उपदफा (३) र श्रम नियमावली, २०७५ को नियम ७ अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। विभागका अनुसार रोजगारदाताले नेपाली दक्ष श्रमिक आवश्यक परेमा त्यसबारे विज्ञापन राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान विगतदेखि नै छ। तर अबदेखि सोही विज्ञापन श्रम संसार रोजगार पोर्टल’ वा ‘एप’ मा पनि अनिवार्य रूपमा राख्नुपर्ने स्पष्ट गरिएको छ।

बिज्ञापन

विभागका निर्देशक मणिनाथ गोपद्वारा जारी सूचनामा भनिएको छ, “यदि यस्ता विज्ञापनबाट पनि नेपाली नागरिकबाट तोकिएको दरखास्त प्राप्त नभएमा वा नेपाली छनोट हुन नसकेमा मात्र विदेशी श्रमिकका लागि श्रम इजाजत माग्न सकिने व्यवस्था छ।” सो अनुरूप श्रम इजाजतका लागि आवेदन दिने रोजगारदाताले पत्रपत्रिकासँगै श्रम संसार पोर्टल वा एपमा समेत विज्ञापन राखिएको प्रमाण पेश गर्नुपर्नेछ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको श्रम संसार पोर्टल अब नागरिक एप सँग पनि समन्वयमा रहेको जनाइएको छ। यसबाट श्रमिकले पनि देशभर कहाँ कति रोजगारी खुला छ भन्ने जानकारी सजिलै पाउने र श्रमिक छनोट प्रक्रिया पारदर्शी तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा विभागको छ।

बिज्ञापन

यो सूचना सार्वजनिक भएसँगै अब प्रविधिमा आधारित श्रमिक व्यवस्थापन प्रणालीतर्फ सरकार गम्भीर हुँदै गएको संकेत देखिएको छ। विभागले सरोकारवालाहरूलाई यो व्यवस्था कार्यान्वयनमा पूर्ण रूपमा सहयोग गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

‘कुलिङ अफ पिरियड’ गडबडी : मुख्य दोषी उम्काउँदै समिति

व्यक्ति होइन, प्रणाली सुधारले मात्र सुशासन सम्भव : अध्यागमन प्रमुख तिवारी

व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव 

बिशेष