एमाले निकट गिरी घुस खाएको आरोपमा अख्तियारबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिका अधिकृतस्तरका कर्मचारी कपिल गिरीलाई घुस लिएको आरोपमा रकमसहित रंगेहात पक्राउ गरेको छ ।

बिज्ञापन

एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य कपिल गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो। पार्टीको शनिबार र आइतबार बसेको बैठकले उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको प्रदेश अध्यक्ष नवराज शर्माले बताए।

बिज्ञापन

गिरीले पार्टी सदस्यमा आफ्नो नाम पुरा नराखी के. गिरी राखेका थिए।लेनदेनका विषय बाहिर आएपछि हामीले उद्योग वाणिज्य विभागका सदस्य के. गिरीको सदस्यता निलम्बन गरेका छौं, उहाँ निजामती कर्मचारी भएको सुन्नमा आएको छ,’ अध्यक्ष शर्माले भने।

एमाले गण्डकीका एक नेताका अनुसार प्रदेश कमिटीको उद्योग वाणिज्य विभागमा रहेका के. गिरी पोखरा महानगरपालिकामा कार्यरत अधिकृत कपिल गिरी हुन्।

बिज्ञापन

महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकमसहित बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

उनको साथबाट खामभित्र रहेको २५ हजार रुपैयाँ वरामद भएको छ । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बताएका छन् ।

स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगपालिकामा थिए । बढुवा भएपछि पोखरा महानगर पोस्टिङ भएका उनी केही समय वडा नम्बर १७ मा थिए । त्यसपछि उनलाई महानगर ल्याइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष