“निजामती प्रशासनमा कोतपर्व” सार्वजनिक:- एक ऐतिहासिक पुस्तक विमोचन कार्यक्रममा बुद्धिजीवीहरूको उपस्थिति

केसल्या प्रकाशनबाट प्रकाशित तथा लेखक द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित महत्वपूर्ण कृति ूनिजामती प्रशासनमा कोतपर्वू को एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ। शनिबार बिदाको दिन अपरान्ह माइतीघर–थापथलीस्थित सेन्ट जेभियर कलेजको वार्टिन हलमा आयोजित कार्यक्रममा झण्डै ५०० जना सहभागी भई सभाहल खचाखच भरिएको थियो।

बिज्ञापन

कार्यक्रमको सभापतित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व डिन तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहले सहभागी हुनु भएको थियो।

बिज्ञापन

कार्यक्रममा पूर्व सचिव, प्राज्ञ, पत्रकार, कानुनविद्, अर्थशास्त्री लगायत विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरू उपस्थित थिए। विशेष अतिथिमा रहेका थिएस्

गोरक्षबहादुर न्हुछें प्रधान – पूर्व अर्थसचिव

बिज्ञापन

श्यामप्रसाद अधिकारी – पूर्व सचिव

डा। प्रचण्डप्रसाद प्रधान – पूर्व डिन, पब्लिक एडमिनिस्ट्रेसन

पुस्तकको आलोचनात्मक समालोचना गर्दै समालोचकहरू—श्रीमती पद्मामोहिनी माथेमा, डा। तीर्थबहादुर श्रेष्ठ, गजेन्द्र बुढाथोकी, अर्जुनमणि दीक्षित र डा। दीपेश घिमिरेले पुस्तकको महत्व, ऐतिहासिक सन्दर्भ र सन्देशमाथि प्रकाश पारे।

कार्यक्रमको अन्त्यमा लेखक ढुङ्गेलले गहकिलो शब्दमा धन्यवाद ज्ञापन गर्दै भने: “झरी र बिदाको दिन हुँदाहुँदै पनि वरिष्ठतम व्यक्तित्वहरूको उपस्थिति मेरो कार्य र मप्रति देखिएको सद्भावको प्रतिक हो। म यसप्रति अत्यन्तै कृतज्ञ छु।”

 

उहाँले विशेष रूपमा मञ्चमा आसिन ज्येष्ठ महानुभावहरू, समिक्षकहरू, कलेज प्रशासन, प्रकाशक केसल्या प्रकाशन, नयाँ पुस्ताका युवाहरू, कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने संस्थाहरू—ग्रो बाइ डाटा, क्लिनिक वान, सेलिब्रेसन हाइट, र साथै सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो। उहाँले आफ्नो परिवार – श्रीमती नीरु उपाध्याय ढुङ्गेल, छोराहरू प्रसन्न, प्रज्वल तथा बुहारी दीप्तीप्रति लेखन यात्रामा साथ दिनु भएको योगदानका लागि विशेष धन्यवाद पनि व्यक्त गर्नुभयो।

पुस्तक सार्वजनिक हुँदैगर्दा हिमाल खबर पत्रिकाले लेखकको अन्तर्वार्ता लिखित तथा भिडियो फारममा सार्वजनिक गरेको थियो। साथै प्रशासन कम, अनलाइन खबर, उकालो अनलाइनलगायतका सञ्चारमाध्यमले पुस्तकबारे जानकारी सम्प्रेषण गरेका थिए। पत्रकार गजेन्द्र बुढाथोकी र डा। मदनकुमार भट्टराईद्वारा प्रकाशित प्रारम्भिक आलोचनात्मक समालोचनाको पनि कार्यक्रममा चर्चा गरियो।

“निजामती प्रशासनमा कोतपर्व” नामक यो कृति नेपाली निजामती इतिहासको गहिरो विश्लेषण मात्र नभई, सन्दर्भ र समालोचनाको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। लेखक द्वारिकानाथ ढुङ्गेलको दीर्घ अनुभव, गहिरो अध्ययन र विश्लेषणात्मक दृष्टिकोण यस कृतिको विशेषता हो।

कार्यक्रमको सञ्चालन डा। राजेन्द्रराज तिमिल्सिना र सम्पादक श्री ठमनाथ घिमिरेले गर्नुभएको थियो। सेन्ट जेभियर कलेजका प्राचार्य फादर डा। अगष्टिन थोमस र सहकर्मी सुधाकर पन्तज्यूप्रति हल उपलब्ध गराएकोमा आयोजकले आभार व्यक्त गरे।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै लेखकले समारोहको समापन गरेका थिए।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले निकट गिरी घुस खाएको आरोपमा अख्तियारबाट पक्राउ

आफू अनुकुलको उपसचिव लैजान मन्त्रीलाई आधा करोड घुस अफर गर्ने विचौलिया निलम्बित

अन्तिम समयमा विशेष छानबिन समिति नै विभाजित : सत्तापक्ष एकातिर,प्रतिपक्ष अर्काेतिर

गृहका १८ शाखा अधिकृत र ५ सुब्वाले सिंहदरबार छाड्न मानेनन

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

“निजामती प्रशासनमा कोतपर्व” सार्वजनिक:- एक ऐतिहासिक पुस्तक विमोचन कार्यक्रममा बुद्धिजीवीहरूको उपस्थिति

प्रधानमन्त्रीको विदेश भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्दै

‘अडिओ’मा मुछिएका मन्त्री बलराम अधिकारीमाथि अख्तियारको निगरानी : बयान लिन खोज्दा अनुसन्धानमै ‘सकस’

बिशेष