रसुवागढी नाका दसैंअघि सञ्चालन गर्ने तयारी : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आउँदो दसैंअघि रसुवागढी नाका सञ्चालनमा ल्याउने लक्ष्यसहित ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु गरिएको बताएका छन्।

बिज्ञापन

त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गको रूपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाको निरीक्षणपछि मंगलबार नुवाकोटमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन्।

बिज्ञापन

उनका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मानिने मितेरी पुल बगाएपछि वैकल्पिक व्यवस्था स्वरूप बेलीब्रिज जडानको काम अघि बढाइएको हो।

“गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,” मन्त्री दाहालले भने, “रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ।”

बिज्ञापन

नेपाल, चीन र भारतबीचको सञ्जाललाई सुदृढ गर्दै व्यापार, पर्यटन र आपसी सम्बन्ध विस्तार गर्ने लक्ष्यसहित सडक पूर्वाधार निर्माण तीव्र गतिमा अगाडि बढाइएको मन्त्री दाहालको भनाइ थियो।

उनले निर्माणाधीन सडकको गुणस्तर र कार्यगत प्रगति सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सडक योजना सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष