राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

एक महिनादेखि रिक्त रहेको राजस्व अनुसन्धान विभागको नेतृत्व चाँडै टुंगिने संकेत देखिएको छ। असार १४ गते अनिवार्य अवकाशमा गएका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेपछि खाली रहेको पदमा सहसचिव तिर्थराज चिलुवाल नियुक्त हुने सम्भावना प्रबल भएको स्रोतले जनाएको छ।

बिज्ञापन

सरकारी स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको महानिर्देशक पदमा निर्णय सम्भवतः भोलि (साउन १४ गते) नै टुंगिन सक्नेछ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार चार जना सहसचिवहरूको सरुवा गरेको छ। तिर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। स्रोतका अनुसार सो सरुवा संभावित जिम्मेवारी सम्हाल्ने तयारीको रुपमा गरिएको हो।

त्यसैगरी, सहसचिव शेषनारायण पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहअन्तर्गत राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा काजमा खटाइएको छ। बुद्धबहादुर गुरुङ आदिवासी तथा जनजाति आयोगमा सरुवा भएका छन् भने मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष