चार सहसचिव सचिवमा बढुवा सिफारिस

न्याय सेवा आयोगले चार जना सहसचिवहरुलाई सचिव तहमा बढुवाका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको आयोगको बैठकले विमल पौडेललाई रजिष्ट्रारबाट मुख्य रजिष्ट्रारमा बढुवा सिफारिस गरेको छ ।यस्तै चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा सिफारिससँगै पदस्थापन समेत गरिएको छ ।सहसचिवहरु मानबहादुर कार्की,सुर्यराज दाहाल,निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराई सचिवमा बढुवा नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

२०७४ सालदेखि नेपाल सरकारका मुख्य सचिवसरहको मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको छ सोही पदमा बढुवा सिफारिस भएका हुन पौडेल । यस्तै रिक्त भएका दुई सचिव पदमा निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा गर्दै सत्य निरुपण आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको छ। उनी हाल कायममुकायम सचिव छिन्। यस्तै सहसचिव इन्दिरा दाहाल भट्टराई सचिवमा बढुवा गर्दै उनलाई कानुन आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ। यस्तै सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस भएका छन्। उनी हाल कामु नायब महान्यायाधिवक्ता छन्। बढुवापछि उनी बेपत्ता आयोगको सचिवमा पदस्थापन हुनेछन्। यस्तै बेपत्ता आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। उनी नायब महान्यायाधिवक्ता हुन्।

बिज्ञापन

बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल र रजिस्ट्रारमा मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको छ।

अब मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरू सबैको पदस्थापन हुनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष