पौडेल मुख्य रजिष्ट्रार,रजिष्ट्रारमा कार्कीको नाम सिफारिस

न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो।

बिज्ञापन

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देबेन्द्रराज ढकाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सो पदमा पौडेललाई बढुवा सिफारिस गरेको हो । ०८० पुसमा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रार भएका ढकाल न्यायाधीश नभइ सेवानिवृत्त हुने पहिलो मुख्यरजिष्ट्रार हुन । ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए। न्याय सेवा, न्याय समूहका ३ जना सचिव रहेका छन्। विमल पौडेल, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेल न्याय समूहका सचिव हुन्। मगर र पोखरेलभन्दा पौडेल करिब ६ महिना अघि रजिष्ट्रार बढुवा भएका थिए । तिनै पौडेललाई सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

दुई बर्ष अगाडि पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा भएका थिए । उनीसँगै बढुवा भएर मुख्य रजिष्ट्रार नियुक्त भएका देवेन्द्रराज ५८ बर्ष लागेर घर गएसँगै पौडेल मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस भएका हुन ।

यस्तै,सर्वाेच्च अदालतको रजिष्ट्रारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

बिशेष