कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

राष्ट्रिय सभा सदस्य डा अन्जान शाक्यले आफ्नो संशोधन प्रस्तावलाई गलत ढंगबाट व्याख्या र टिप्पणी भएको भन्दै आपत्ति जनाएकी छिन् ।
राष्ट्रपतिबाट मनोनित सांसद डा शाक्यले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान हटाउन आफूले हालेको संशोधन प्रस्तावलाई गलत ढंगबाट व्याख्या भएको बताएकी छिन् ।

बिज्ञापन

प्रतिनिधि सभाले सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ अफ पिरियडको प्रावधान लाग्ने प्रावधानसहित विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको छ थियो । जसमा संशोधन राखेर डा शाक्यले कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान झिक्नुपर्ने प्रस्ताव राखेकी थिइन । साउन २ गते दिउँसो ४ बजे दर्ता गराएको सूचनामा प्रतिवेदनको बुँदा ४३ झिक्नुपर्ने’ भन्दै उल्लेख गरेकी छिन् तर उनको संशोधन प्रस्तावले भ्रम सिर्जना गरेको भन्दै सांसद शाक्यले असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले कर्मचारीका लागि प्रस्तावित कुलिङ अफ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित रहेको बताएकी छन् ।

बिज्ञापन

शाक्यले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा विधेयकमा हालेको संशोधनलाई गलत ढंगले व्याख्या गरिएको भनेर पनि असन्तुष्टि जनाएकी छन् । उनको असन्तुष्टि संसद सचिवालयसँग छ ।

यससम्बन्धी प्रावधान रहेको दफा ८२ मा संशोधन राखेर शाक्यले यो विषय ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित भएको हुनाले यस विधेयकबाट हटाउने’ तर्क गरेकी छन् ।

बिज्ञापन

कुलिङ अफ पिरियड सम्वन्धमा सरकारको प्राथमिकतामा परेको ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्वन्धित भएकाले निजामती सेवा विधेयकबाट हटाउने भनेर आफूले उल्लेख गरे पनि संशोधन प्रस्तावको एकीकृत विवरणमा फरक ढंगले आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष