स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णय : आर्थिक र प्रशासनिक काम ठप्प हुने संकट

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराई मन्त्रालयमै फर्काइएमा ती तहमा आर्थिक तथा प्रशासनिक काम ठप्प हुने निर्णय गरेको छ। साउन महिनादेखि लागू हुने गरी गरिएको यो निर्णयसँगै अब वरिष्ठतम कर्मचारीमार्फत आर्थिक तथा प्रशासनिक जिम्मेवारी सुम्पिने व्यवस्था पनि अन्त्य गरिएको छ।

बिज्ञापन

यसअघि स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत कुनै कारणले हाजिर हुन नसकेमा मन्त्रालयले वरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकार प्रदान गर्दै आएको थियो। तर, पछिल्लो समय केही स्थानीय तहले खटाइएका अधिकृतलाई जानाजान हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाउने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले यस्तो व्यवस्था हटाएको हो।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार यो निर्णय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिलाई सुनिश्चित गर्न गरिएको हो। “स्थानीय तहका खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने प्रवृत्तिको अन्त्य गर्न र जिम्मेवार बनाउने उद्देश्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतको प्रबन्ध हटाइएको हो,” पराजुलीले जानकारी दिनुभयो।

मन्त्रालयको तथ्याङ्क अनुसार साउन लागेपछि मात्र ९ वटा स्थानीय तहले खटाइएका अधिकृतलाई हाजिर नगराई फिर्ता पठाइसकेका छन् भने ६५ भन्दा बढी स्थानीय तहले मौखिक रूपमा हाजिर नगराउने तयारी गरिरहेका छन्।

बिज्ञापन

मन्त्रालयले निर्णयसहित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत जानकारी गराइसकेको छ। अबदेखि स्थानीय तहले खटाइएका अधिकृतलाई हाजिर गराएर कामकाज अघि बढाउने कि आर्थिक र प्रशासनिक काम ठप्प पार्ने भन्ने विकल्पमाथि निर्णय गर्नुपर्ने भएको छ।

संघीय मन्त्रालयको यो कदमपछि स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी चुनौती थप जटिल बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

वैदेशिक हस्तक्षेप र राजनीति

जेनिशा घिमिरेका तीन मुक्तक

बिशेष