अनुमति बिना जिल्ला नछाड्न हाकिमहरुलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रजिअ इन्द्रदेव यादवले दुई महिना अनुमतिबिना जिल्ला नछोड्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । मनसुनको बेला विपद्को जोखिम रहेको बताउँदै उनले साउन र भदौभर जिल्ला नछोड्न भनेका हुन् । त्यसैगरी, उनले सबै कार्यालयलाई साउन १५ गतेभित्र वेभसाइटमा प्रगति विवरण सार्वजनिक गर्न निर्देश गरेका छन् ।

बिज्ञापन

विपद् न्यूनिकरण तथा रोकथामको कार्य गर्दै आएका कार्यालयलाई स्काभेटर, सवारी,औषधी चिकित्सकसहित राहत र उद्दारका लागि तयारी अवस्थामा रहन भनिएको छ । साथै, सम्पूर्ण कार्यालयका लेखाप्रमुखहरुलाई अनलाइनमार्फत मात्र भुक्तानी दिने व्यवस्था गर्न कडा उर्दी दिइएको छ । उनी गत पुस २४ गते कार्यालयमा हाजिर भएका हुन् ।

बिज्ञापन

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरुलाई सहज रुपमा उजुरी दिने व्यवस्था मिलाइएको छ । सेवाग्राहीको सहजताका निम्ति बिहानैदेखि राष्ट्रिय परिचयपत्र सेवा सुचारु गरिएको छ । सेवाग्राहीको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ह्वाट्सएप ग्रुप बनाएका छन् । त्यहाँबाट सोझै सिडिओलाई गुनासो र उजुरीहरु पठाउन सकिन्छ ।

त्यसैगरी,कार्यालयले दैनिक गरेका काम, बैठकका निर्णय,केन्द्रबाट सर्कुलर भएर आएका निर्देशन,विपद्का सूचनादेखि सेवासुविधा प्रवाहबारे फेसबुक पेजमार्फत जानकारी दिन थालिएको छ । जसका कारण कार्यालयमा फोन गर्नुपर्ने झण्झट हटेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

बिशेष