नेपाल निजामती कर्मचारी संगठनद्वारा सहिद स्मृति दिवस २०८२ का विविध कार्यक्रम सार्वजनिक

नेपाल निजामती कर्मचारी संगठनले यस वर्षको सहिद स्मृति दिवस २०८२ को सन्दर्भमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ। संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै सहिदहरूको बलिदान स्मरण गर्दै संगठनको स्थापना उद्देश्य अनुरूप विविध रचनात्मक र जनमुखी कार्यक्रमहरू तय गरेको जानकारी दिएको छ।

बिज्ञापन

संगठनका महासचिव रामचन्द्र अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएअनुसार, प्रजातन्त्र पुनःस्थापनापछि पेसागत हक–अधिकारको संरक्षण, सुशासन, लोकतन्त्र र मानव अधिकारको पक्षमा आवाज उठाउने उद्देश्यका साथ २०४७ साल वैशाख ७ गते स्थापना भएको संगठनले १२ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ।

बिज्ञापन

२०४८ सालको ५६ दिने ऐतिहासिक आन्दोलनका क्रममा शहीद मनोज जोशी (खोटाङ), झपेन्द्र कार्की (कास्की) र सुरेन्द्र विश्वकर्मा (मुगु) को योगदानलाई स्मरण गर्दै यस वर्ष पनि “सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८२” विविध कार्यक्रममार्फत भव्यतापूर्वक मनाइनेछ।

यसअघि नै सहिद स्मृति दिवसको सन्दर्भ पारेर भानु जयन्ती (असार २९) का दिन उपत्यकाव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।

बिज्ञापन

संगठनले लामो समयदेखि उठाउँदै आएको मागअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई निजामती सेवामा समावेश गरिनुपर्ने, कार्यालय प्रमुख बाहेक अन्य पदहरूमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने, तह र श्रेणी वृद्धि, समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरूको स्थायीत्वजस्ता मुद्दाहरूलाई विधेयकमार्फत सम्बोधन गरिनुपर्ने माग पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै पदपूर्तिका कोटा (खुला, बढुवा, अन्तरतह) मा उचित व्यवस्थापन, सेवा अवधिअनुसार बढुवा योग्यता, विशिष्ट श्रेणीका अधिकृतहरूको सेवा अवधि लगायतका विषयहरूमा उल्लेख गर्दै संघीय निजामती सेवा ऐन विधेयकमार्फत समग्र पेसागत हित सुनिश्चित हुने विश्वास पनि व्यक्त गरिएको छ।

महासचिव अधिकारीले संगठनका गतिविधिहरू पेसागत क्षेत्रको सशक्तीकरणमा सहायक हुने उल्लेख गर्दै सहिद स्मृति दिवस २०८२ का विविध कार्यक्रमहरूको प्राथमिकताका साथ समाचार प्रकाशन, प्रशारण र सम्प्रेषण गर्न सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

यता छानबिन,उता सँगसँगै सरुवा र बढूवा

यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

गुनासो भए पोख्न छुट्टै कुना

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

बिशेष