तीन वटै शीर्ष दलका नेतालाई खल्तीमा राख्ने हैसियत भएका एक महानिर्देशक,जो अख्तियारको राडारमा तानिएका छन् । अहिले महानिर्देशकबाट झरेर उपमहानिर्देशक खान भए भरका शक्ति र जोड बल लगाइरहेका तिनै महानिर्देशक प्रदीप अधिकारीलाई अर्को प्रदीप नाम भएका एक इञ्जिनियरबीचको जुहारी सार्वजनिक मञ्चमै पोखिएको छ ।
बिज्ञापन
प्रदीप अधिकारी तिनै हाकिम हुन,जो उपर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि जनकपुर र भैरहवा विमानस्थल,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल निर्माणको क्रममा अर्बौ आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । उनै विवादित महानिर्देशक प्रदीप अधिकारीले गत साता दुई सचिव लगायतका उच्च पदस्थ कर्मचारीकै अगाडि आयल निगमका प्रवन्ध निर्देशक चण्डी भट्टको झाँको झारेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
बिज्ञापन
गत असार २३ गते संष्कृति पर्यटन मन्त्रालयमा मन्त्रालयमा आयोजित बैठकमा पर्यटन मन्त्रालयका सचिव हरि मैनाली,उद्योग,वाणिज्यमा आपूर्ती हेर्ने सचिव रामप्रसाद लम्सालकै अगाडि चण्डी भट्टमाथि उनकै कर्मचारी इञ्जिनियर प्रदीप यादवको हैसियत खोजे पछि प्रदीपले समेत कार्यालयको बजेट गोष्टीमा प्रदीप अधिकारीलाई कुर्सी उठाएर हान्ने चेतावनी दिएका छन् । यसरी महानिर्देशक अधिकारीलाई कुर्सीले हान्ने चेतावनी दिने प्रदीप आयल निगमका कर्मचारी हुन । उनी अहिले सिनामंगल डिपोको प्रमुखको भूमिकामा छन् ।
सोही निगमको डिपो सिनामंगलबाट उठाएर गौरीघाट लैजाने बिषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले साथ नदिएको उल्टै डिपो प्रमुख प्रदीप यादवको हैसियतमाथि प्रश्न उठाए पनि टिट फट ट्याट भनेझैं इटको जबाफ पत्थरले दिन्छु भनेका हुन यादवले ।
बिज्ञापन
गत असार २३ मा आयल निगमको डिपो सार्ने सम्बन्धमा दुई सचिवकै अगाडि चण्डि भट्टमाथि प्रदीप अधिकारी जाइलागेका थिए । उक्त बैंठकमा सचिवद्धय घिमिरे,मैनालीका अलवा आयल निगमका एमडी चण्डिकाप्रसाद भट्ट, डीएमडी पूर्ण रिजाल, सिनामंगल डिपोका प्रबन्धक रामहरि निरौला र निगमका इन्जिनीयर विनितमणि उपाध्याय पर्यटन मन्त्रालयमा सहभागी थिए । महानिर्देशक प्रदिप अधिकारी चण्डीसँग पड्कि हाले‘तपाईहरु डिपो स्थानान्तरण गर्ने नै हो भने केन्द्रीय कार्यालयले पहल गरोस, डिपो बनाउने काम कसलाई दिएको ? त्यसको के हैसियत छ ? भन्दै चण्डी र उनका कर्मचारीविरुद्ध पड्किएका थिए,प्रदीप । अहिले आयल निगमको सिनामंगल डिपो हेर्दै आएका छन्,प्रदीप यादवले । उनै यादवले डिपो सार्नका लागि आयल निगम तयार रहे पनि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलव्ध नगराउँदा समस्या भएको भन्दै १५ असारमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका प्रमुखविरुद्ध रोष पोखेका थिए । सोही कारण प्रदीप अधिकारी आयल निगमका कार्यकारी निर्देशक भट्टसँग जाइलागेका हुन ।
त्यही गुनासो पोख्दा उनले इञ्जिनियर प्रदीप यादवको हैसियत के भन्दै प्रश्न मात्र गरेनन्,चण्डीसँग जाइ लागेको बिषय सिनामंगल डिपोका प्रबन्धक रामहरि निरौलाले रिर्पोटिङ्ग गरेपछि फायर भएका सिनामंगल डिपो प्रमुख यादवले आयल निगमको एउटा आन्तरिक गोष्टीमा महानिर्देशक प्रदीप अधिकारीलाई कुर्सीले हान्ने अभिव्यक्ति दिएका हुन । अस्ति शनिवार आयल निगमद्धारा आयोजित बजेट गोष्टीमा एकपटक प्रदिप अधिकारीलाई भेट्न सुवर्ण र सुनील सुवाललाई लिएर जान्छु । जग्गा दियो भने ठिक छ । तलमाथि कुरा ग¥यो भने कुर्सी उठाएर हान्ने हो भनेका हुन । प्राधिकरणका तर्फबाट आयल निगमको डिपो सार्न जग्गा दिने नदिने बिषयमा प्रदीप अधिकारीसँग वार्ता गर्ने र नदिए कुर्सी उठाएर हमला गर्ने बताएका हुन,यादवले ।
चार बर्ष महानिर्देशक चलाएपछि उपमहानिर्देशकमा बढुवा हुन अधिकारीको चलखेल