नेपाली कांग्रेसले कर्मचारी युनियन, रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेयलाई सम्मानित गरेको छ।
बिज्ञापन
सानेपामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले अध्यक्ष चक्रपाणि पाण्डेय सम्मानित गर्नुभएको हो। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख बराबरको सहयोग गरेको थियो ।
बिज्ञापन
रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञान लगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतका विभिन्न सामाजिक कार्य समेत गर्दैआएको छ। रूपन्देही कर्मचारी युनियनका सबैभन्दा बढी सदस्य संख्या रहेको जिल्ला पनि हो।