रसुवागढी बाढीपछिको अवस्था : प्रधानमन्त्रीसमक्ष राष्ट्रिय युवा संघ नेपालको मागपत्र

 राष्ट्रिय युवा संघ नेपालले हालै रसुवामा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणका कार्यमा थप तत्परता देखाउन माग गर्दै प्रधानमन्त्री केपी शर्म ओली समक्ष औपचारिक अनुरोध पत्र पेश गरेको छ। हस्ताक्षर गरेको पत्रमा बाढीले निम्त्याएको जनधनको क्षति र त्यसपछिको अवस्थाप्रति गहिरो चिन्ता प्रकट गर्दै सरकारलाई तत्काल ध्यान दिन आग्रह गरिएको छ।

बिज्ञापन

संघले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुझाएको पत्रमा २०८२ असार २४ गते बिहान ३:१५ बजे चिनियाँ भूभागमा रहेको अस्थायी हिमताल फूटेर ल्हेन्दे खोलामा आएको बाढीले पुर्‍याएको अतुलनीय क्षतिको विवरण उल्लेख गर्दै विस्तृत समस्या समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरिएको छ। बाढीबाट सयौं सवारीसाधन बगेका, सुख्खा बन्दरगाह, हाइड्रोपावर र सडक संरचनामा गम्भीर क्षति पुगेको, मितेरी पुल पूर्ण रूपमा बगाएको र नेपाली तथा चिनियाँ गरी १८ जना मजदुरको मृत्यु भएको जानकारी पत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

बाढीको तत्कालीन घटनास्थलमा स्वयम् प्रधानमन्त्रीको भौतिक उपस्थितिले पीडितमा आशा पलाएको भन्दै संघले त्यसका लागि आभार प्रकट गरेको छ। “प्रधानमन्त्रीज्यूको गम्भीरता र निरन्तर पहलकै कारणले अहिले अवस्थाहरू सामान्यतिर उन्मुख छन्,” पत्रमा उल्लेख छ।

यद्यपि, संघले चिनको केरुङ सहरमा फसेका करिब १५०० नेपालीको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरूको तत्काल उद्धारको माग गरेको छ। “भोको पेट, अनिदो आँखा र औषधिको अभावमा आधा महिना बिताइसकेका नेपाली श्रमिक, यातायात मजदुर र व्यापारीहरू अत्यन्त संकटमा परेका छन्,” पत्रमा भनिएको छ।

बिज्ञापन

संघले प्रधानमन्त्रीको पहलमा केरुङमा फसेकाहरूलाई रसुवागढी नाका वा वैकल्पिकरूपमा तातोपानी नाकाबाट उद्दार गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै मितेरी पुल, सुख्खा बन्दरगाह, र रोङ्गादेखि टिमुरेसम्मको सडक पुनर्निर्माण तत्काल थाल्न आग्रह गरिएको छ। गोसाइकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुवेशी बजारमुनिको कटान अझै जारी रहेकाले बस्ती नै जोखिममा रहेको जनाउँदै संघले तत्काल कटान नियन्त्रणका लागि निर्माण कार्य अघि बढाउन पनि माग गरेको राष्ट्रिय युवा संघ  रसुवाका  उपाध्यक्ष सुरेश थोक्राले बताए ।

बाढीमा क्षति भएका सवारी साधन तथा सम्पत्तिको उचित क्षतिपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै संघले राष्ट्रका युवाहरू सदैव जनताको पक्षमा रहन्छन् भन्ने प्रतिबद्धतासहित सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष