भ्रष्टाचार अडियो प्रकरणः गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि अख्तियारको बोलावट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमान मन्त्री राजकुमार गुप्ता भ्रष्टाचार प्रकरणमा गम्भीर संदेहको घेरामा परेका छन्। भूमिसुधार तथा मालपोत कार्यालय पोखरा र भूमि आयोग कास्कीको सरुवा तथा नियुक्तिसम्बन्धी चर्चित अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ‘भ्वाइस टेस्ट’ (स्वर परीक्षण) का लागि बोलाएको छ।

बिज्ञापन

अख्तियारको उच्च स्रोतका अनुसार उजुरीकर्ताले गुप्तासहितको भनिएको अडियोसहित प्रमाण बुझाएपछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको हो। अनुसन्धानको पहिलो चरणमा अडियो भित्त्रिएको स्वर गुप्ताकै हो वा होइन भन्ने निश्चय गर्न उनले भोलि (मंगलबार) आयोगमा उपस्थिति जनाउनुपर्नेछ।

बिज्ञापन

‘भ्वाइस टेस्टपछि मात्र थप अनुसन्धानको ढोका खुल्नेछ’, अख्तियार स्रोतले स्पष्ट पारे।भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखको सरुवा रोकेर, भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुसको लेनदेन भएको आशंकासहितको अडियो सार्वजनिक भएपछि यसले सरकारलाई समेत आलोचनाको चपेटामा ल्याएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।

गुप्ताले भने अडियोमा आफूको आवाज नभएको दाबी गर्दै आएका छन्। उनले बारम्बार ‘म निर्दोष हुँ’ भन्दै आएका छन्। तर, प्रधानमन्त्री ओलीसँगको भेटमा उनले “पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको” कुरा स्वीकार गरेको सार्वजनिक भइसकेको छ — जसले उनको बचाउलाई थप कमजोर बनाएको छ।

बिज्ञापन

यो घटनाले फेरि एकपटक प्रश्न उठाएको छ — मन्त्रीस्तरका नेताहरूमाथि कारबाही कति निष्पक्ष र प्रभावकारी हुन्छ? ‘भ्वाइस टेस्ट’ अनुसन्धानको सामान्य प्रक्रिया हो, तर यसले दोषीलाई उम्काउने माध्यम बन्ने कि प्रमाण पुष्टि गर्ने यन्त्र बन्ने — त्यसमा नागरिकको चासो छ।

अबको चुनौती अख्तियारका लागि हो — अडियो र स्वीकारोक्ति बीचको अन्तरद्वन्द्वलाई कानूनको तराजुमा कसरी तोल्ने?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६० हजार घुस सहित नापी कार्यालय चाबहिलका अमिन खत्री पक्राउ

म्यानपावर व्यवसायीलाई मन्त्रालयमा माला

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

अर्काे पूर्व महानिर्देशक कारागार चलान

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

बिशेष