एमालेनिकट कर्मचारी संगठनका नेता प्रसाईं घुस प्रकरणमा दोषी ठहर

ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको छ। उनीसँगै घुस उठाउन सहयोग पुर्‍याएका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन्।

बिज्ञापन

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई ६/६ महिना कैद सजाय सुनाएको हो। साथै, अदालतले दुबैजनालाई डेढ/डेढ लाख रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ।

बिज्ञापन

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार उनीहरूले लिएको घुस रकम जफत गरिनेछ भने उनीहरूबाट ६/६ हजार रुपैयाँ ‘अपराध पीडित संरक्षण कोष’मा क्षतिपूर्ति स्वरूप बुझाउन आदेश दिइएको छ।

अनुसन्धान अनुसार, शाखा अधिकृत प्रसाईंले एक शिक्षकको पेन्सनपट्टा बनाउने काममा क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरी तीन लाख रुपैयाँ घुस असुली गरेका थिए। अदालतले प्रसाईंलाई घुस लिने मुख्य अभियुक्तका रूपमा दोषी ठहर गर्दै, न्यौपानेलाई ‘घुस संकलनमा सहजीकरण गर्ने माध्यम’ को रूपमा प्रयोग गरिएको ठहर गरेको छ।

बिज्ञापन

यस प्रकरणमा कार्यालय सहयोगी भवानी अधिकारीमाथि पनि घुस माग्न भूमिका खेलेको आरोप लागेको थियो। तर विशेष अदालतले उनीमाथि लागेको अभियोगबाट सफाइ दिएको छ। अदालतको भनाइमा ‘पेन्सनपट्टा बनाउने कार्यमा कार्यालय सहयोगीको हैसियत नपर्ने’ भएकाले अधिकारी निर्दोष ठहरिएकी हुन्।

यसै गरी, घुस दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका शिक्षक भोजराज भट्टराईलाई पनि अदालतले सफाइ दिएको छ। प्रारम्भिक रूपमा भट्टराईले आफूमाथि शाखा अधिकृतले घुस मागेको उजुरी अख्तियारमा दर्ता गराएका थिए। तर पछि अदालतमा गएर आफ्नो बयान फेरेको भन्दै अख्तियारले भट्टराईविरुद्ध पनि मुद्दा चलाएको थियो।

विशेष अदालतको फैसलाले सरकारी सेवा क्षेत्रमा हुने भ्रष्टाचारका घटनामा संलग्न कर्मचारी र सहयोगीहरूमाथि कारबाही हुने सन्देश दिएको छ भने निष्पक्षताको मापदण्ड अनुरूप दोषी र निर्दोष छुट्याउने भूमिकामा अदालतको निर्णय देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष