कर्णाली प्रदेश सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।
बिज्ञापन
साउने सङ्क्रान्ति एवं देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा मन्त्रालयले जनाएको छ ।
‘मिति २०८२ साउन १ गते बिहीबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८१/१२/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।