एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

सांसद किरणकुमार साहद्वारा मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिनको माग

बिज्ञापन

काठमाडौं, साउन २८ —
नेकपा (एमाले) का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बिज्ञापन

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साहले मन्त्री गुप्ताको संलग्नता रहेको भनिएको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकारले मौनता साँध्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको बताए।

उनले प्रश्न गर्दै भने, “सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो।”

बिज्ञापन

सांसद साहले गम्भीर स्वरमा संसदमार्फत माग राख्दै भने, “म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई तत्काल बर्खास्त गरियोस् र निष्पक्ष छानबिन प्रक्रिया अघि बढाइयोस्।”

हालै सार्वजनिक एक अडियोमा मन्त्री गुप्ता मालपोत कार्यालयसम्बन्धी एउटा सरुवाबापत रकम माग गरेको आरोपमा मुछिएका छन्। उक्त प्रकरण सार्वजनिक भएसँगै उनीबारे व्यापक रूपमा छानबिनको माग भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिशेष