सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

काठमाडौँ — प्रतिनिधि सभामा आइतबार विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद तथा रसुवाबाट निर्वाचित प्रतिनिधि ईन्जिनियर मोहन आचार्यले हालै आएको बाढीले पुर्याएको क्षति गम्भीर भएको भन्दै सरकारलाई त्यसबाट पाठ सिकेर अघि बढ्न आग्रह गरेका छन्।

बिज्ञापन

आचार्यले रसुवा जस्ता हिमाली भेगमा भूमि अभावका कारण धेरै संरचनाहरू नदी किनारमै निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै ती संरचनाहरू प्राकृतिक प्रकोपसँग अनुकूल हुने गरी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

बिज्ञापन

उनले भने, “टिमुरे क्षेत्रमा ल्याण्ड कन्स्ट्रेन्ट छ, जसका कारण हामीले नदी आसपास संरचना बनायौं। तर बाढीले ती संरचनामा क्षति पुर्‍यायो। अहिले रसुवागढी डाइपोर्ट अन्तिम चरणमा पुगेको थियो, तर बाढीले ठुलो क्षति पुर्‍यायो। यसले देखाउँछ कि हामीले भौगोलिक जोखिमको मूल्याङ्कन नगरेका थियौं। अब बन्ने संरचनाहरू भूगोल र जोखिमको आँकलनसहित प्रकृतिसँग मेल खाने गरी बनाइनुपर्छ।”

सांसद आचार्यले प्राकृतिक विपत्तिपछि उद्धार कार्यमा हुने ढिलाइप्रति पनि चिन्ता व्यक्त गरे। एयर रेस्क्युका लागि आवश्यक कानुनी अड्चनहरु हटाई तत्काल उद्धार गर्न सकिने कानुनी तथा प्रशासनिक संरचना निर्माण गर्नुपर्ने उनको सुझाव थियो।

बिज्ञापन

“हाम्रो भूगोलको विशेषता यस्तो छ जहाँ हवाई उद्धार अपरिहार्य हुन्छ। तर कानुनी र प्रक्रियागत झन्झटले उद्धारमा ढिलाइ भएको अवस्था देखिन्छ,” उनले भनिन्, “गत वर्षको नख्खु घटनाको स्मरण गरौं, त्यसबाट पनि हामीले पाठ सिक्नुपर्छ।”

सांसद आचार्यले रसुवागढी भन्सार क्षेत्रमा बाढीले पुर्याएको क्षतिले राष्ट्रिय अर्थतन्त्रमै असर पार्ने भन्दै त्यस क्षेत्रको शीघ्र पुनः सञ्चालनमा ध्यान दिन आग्रह गरे।

उनले जानकारी गराएअनुसार बाढीले भन्सारका लागि जाँचपासका क्रममा रहेका ४२ वटा इलेक्ट्रिक सवारीसाधन, २३ वटा कन्टेनर ट्रक, स्काभेटरलगायत निर्माण सामग्री बगाएको छ।

“वार्षिक ३० अर्बभन्दा बढी राजस्व संकलन हुने नाका हो यो। त्यसलाई चाँडो सञ्चालनमा ल्याउन सरकार तत्पर हुनुपर्छ,” आचार्यले भने।

उनका अनुसार बाढीले नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएका छन् भने हालसम्म ११ वटा शव फेला परे पनि २ जनाको मात्रै सनाखत भएको छ।

अन्त्यमा सांसद आचार्यले घटनापछि रसुवा पुगेका प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखहरूको सक्रियतालाई स्वागत गर्दै पीडित क्षेत्रमा तत्काल पुनर्निर्माण र राहतका काम तीव्र बनाइनुपर्नेमा जोड दिए।

सांसद मोहन आचार्यले रसुवा बाढीले पुर्याएको क्षति उदाहरणका रूपमा प्रस्तुत गर्दै, हिमाली क्षेत्रको भौगोलिक यथार्थअनुसार विकास कार्य गर्न, उद्धार सहज बनाउने कानुनी सुधार गर्न र भन्सार क्षेत्र पुनः सञ्चालनमा ल्याउन सरकारलाई गम्भीर आग्रह गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष