सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

 सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेलमाथि नेकपा (बहुमत) धनकुटाले जनकारबाही गरेको छ। कारबाहीको क्रममा उनलाई कालोमोसो दलिएको छ।

बिज्ञापन

पार्टीका स्थानीय नेताहरूका अनुसार कार्यालय प्रमुख लुईंटेलले सवारी दर्ता, लाइसेन्स, र कागजात नवीकरणलगायतका सेवाका लागि सेवाग्राहीहरूसँग घुस माग्दै आएको उजुरीहरू आएपछि जनकारबाही गरिएको हो।

बिज्ञापन

घटनापछि नेकपा (बहुमत) धनकुटाका जिल्ला संयोजकले भने, “जनताको पसिना र करबाट तलब खाने कर्मचारीले फेरि जनतामाथि शोषण गर्छ भने जनकारबाही अनिवार्य हुन्छ। भ्रष्टाचारविरुद्धको हाम्रो अभियान निरन्तर चल्नेछ।”

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने, कारबाहीपछि लुईंटेललाई स्थानीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार विषयमा थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यसबीच, लुईंटेलले आफूले कुनै पनि प्रकारको घुस नलिएको दाबी गर्दै घटना योजनाबद्धरूपमा गराइएको प्रतिक्रिया दिएका छन्।

धनकुटामा पछिल्लो समय सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचार र सेवाग्राहीमाथिको दुर्व्यवहारविरुद्ध सर्वसाधारण र राजनीतिक समूहहरूको चासो बढ्दो छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिशेष