लोकसेवा परीक्षामा बदमासी गर्ने तीन उमेद्धार : परीक्षा रद्धदेखि दुई बर्षसम्म निलम्बनमा

लोकसेवा आयोगका परीक्षामा थरी थरीका कर्मचारीहरु भेटिन थालेका छन् । सरकारी नियुक्ति खानका लागि कीर्ते कर्म गर्नेदेखि खेताला लगाउने र उत्तरपुस्तिका घरै लैजानेदेखि उत्तरपुस्तिका च्यान्तेसम्मका हर्कत गर्दै आएका उमेद्धारहरु कारवाहीमा पर्न थालेका छन् ।

बिज्ञापन

यस्तै बदमासी गर्ने तीन उमेद्धारहरुलाई आयोगले कारवाही गरेको छ । आयोगका अनुसार यसरी कारवाहीमा पर्नेमा दुई पुरुष र एक महिला परीक्षार्थी रहेका छन् ।

बिज्ञापन

आयोगका अनुसार, नेपाल विद्युत प्राधिकरणको सुपरभाईजर पदका लागि लिइएको लिखित परीक्षामा सिराहाका सन्तोषकुमार यादव मोबाइल हेरेर उत्तरपुस्तिकामा लेखिरहेको अवस्थामा फेला परेसँगै उनलाई आयोगको ऐन, २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (क) बमोजिम दुई वर्षका लागि आयोगबाट सञ्चालित परीक्षामा सहभागी हुन नपाउनेगरी निलम्बन गरिएको छ ।

यस्तै प्राधिकरणकै लेखा अधिकृत पदका निम्ति लिइएको परीक्षामा सुर्खेतका विनोद ढकाल प्रश्नपत्र फिर्ता नदिई घरै लिएर गएपछि उनी एक वर्षका लागि निलम्बनमा परेका छन् भने असार १४ गते स्टास नर्स परीक्षामा सहभागी प्युठानकी वर्षा केसीले उत्तरपुस्तिका च्यातेकोले उक्त विज्ञापनको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

बिशेष