भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा मङ्गलबार बिहान भोटेकोसी नदीको पानीको सतह एक्कासी ३.१५ मिटरभन्दा धेरैले बढेपछि भीषण बाढी आएको छ। बाढीसँगै आएको पहिरोले पार्किङ स्थल डुबानमा परेको छ भने केही सवारी चालकहरू र स्थानीय बासिन्दाहरू बेपत्ता भएको आशंका गरिएको छ।

बिज्ञापन

स्थानीय प्रशासन र प्रहरी स्रोतका अनुसार बाढीले पार्किङ क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। घटनास्थलमा सवारीसाधन बगाएको, सडक अवरुद्ध भएको र मानवीय क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, पूर्ण विवरण आउन बाँकी छ।

बिज्ञापन

बाढी र पहिरोले जोखिम निम्त्याइरहँदा जिल्ला प्रशासनका तीन प्रमुख व्यक्तिहरू – प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, जिल्ला प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही, र सशस्त्र प्रहरी प्रमुख डिएसपी रामहरी खड्का भने त्यतिबेला काठमाडौँमा रहेको पाइएको छ।

विपद् व्यवस्थापन निर्देशिकाको अवज्ञा?

बिज्ञापन

नेपाल सरकारको विपद् व्यवस्थापन निर्देशिकाले विपद् अवधिमा जिम्मेवार पदाधिकारीहरूलाई जिल्लामा नै रहन स्पष्ट निर्देशन दिएको छ। तर यति ठूलो विपद्का बेला ती अधिकारीहरू काठमाडौँमै रहेको तथ्यले प्रशासनको तयारी र उत्तरदायित्वप्रति प्रश्न उठाएको छ।

तीनैजना अधिकारीहरू काठमाडौँमा नै छन् तर त्यसबेलासम्म स्थानीयहरू, सुरक्षाकर्मी र उद्धारकर्मीहरूले जोखिम मोलेर प्रारम्भिक उद्धार र राहत कार्य थालिसकेका थिए।

स्थानीय आक्रोश

घटनापछि स्थानीय स्तरमा प्रशासनप्रति व्यापक असन्तुष्टि देखिएको छ। “जिल्ला संकटमा हुँदा प्रमुखहरू जिल्ला बाहिर? यसले हामीप्रति राज्यको संवेदनशीलता देखाउँछ,” एक स्थानीय समाजसेवीले भने।

 

बाढी र पहिरोको पूर्ण विवरण सङ्कलन कार्य जारी छ भने उद्धार र राहतको काममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासी सक्रिय छन्

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव दाहाललाई पक्राउ गर्न अदालतसँग मागियो अनुमति

निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेदेखि मालपानीसम्म धितोपत्र कसुरका प्रतिवादी

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

बिशेष