सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली, सुनसरीले भारतसँग सीमा जोडिएका वडाका वडाध्यक्ष तथा वडासदस्यहरूसँग ‘सीमा सुरक्षाको महत्व तथा सीमापार अपराध नियन्त्रण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार बिहान ९:३० बजे सुरु भई ११:०० बजे सम्म चलेको उक्त कार्यक्रम “सीमावासीसँग सशस्त्र प्रहरी” अभियानअन्तर्गत सञ्चालन गरिएको हो।

बिज्ञापन

वाहिनी परिसरमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा वाहिनीपति कुमार न्यौपानेले गर्नुभएको थियो। भारतसँग सीमा जोडिएका ६६ वटा वडाका वडाध्यक्षहरूलाई आमन्त्रण गरिएको कार्यक्रममा सीमामा भइरहेका गैरकानुनी गतिविधि नियन्त्रणका उपाय, सीमा स्तम्भको सुरक्षा, सीमा सहजीकरण समिति प्रभावकारिता, सूचनाको आदान-प्रदान तथा समन्वय, सशस्त्र प्रहरी बलको परिचालन लगायत विविध विषयमा विस्तृत छलफल भएको थियो।

बिज्ञापन

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालद्वारा “सीमा सुरक्षामा परिचालन तथा सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो। साथै, इलामको सुर्योदय नगरपालिकादेखि सुनसरीको कोशी गाउँपालिकासम्मका सीमावर्ती विभिन्न वडाबाट सहभागी वडाध्यक्ष तथा वडासदस्यहरूले सीमाक्षेत्रमा देखिएका प्रमुख समस्याहरूबारे धारणा राखेका थिए।

विशेष गरी लागुऔषधको ओसारपसार, भन्सार छलि गरिने अवैध व्यापार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणमा चुनौती देखिएको उल्लेख गर्दै सहभागीहरूले हाल बन्द अवस्थामा रहेका छोटी भन्सार कार्यालयहरूलाई पुनः सञ्चालन गर्न तथा आवश्यक स्थानहरूमा नयाँ भन्सार कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए। साथै, सीमा क्षेत्रमा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको संख्या वृद्धि गर्नुपर्ने माग पनि उठाइएको थियो।

बिज्ञापन

अन्तमा, सहभागीहरूले सीमा सुरक्षामा स्थानीय तह, वडाध्यक्ष तथा वडासदस्यहरूको भूमिका अझ सशक्त बनाउनुपर्ने र सूचनाको आदान-प्रदान प्रणालीलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सहमति जनाएका थिए। छलफलमा उठेका सुझावहरू र चिन्ताहरूलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सशस्त्र प्रहरी बल सदैव सीमावासी जनताको सुरक्षामा प्रतिबद्ध रहेको भन्दै स्थानीय तहसँगको सहकार्य अझ सुदृढ बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष