वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

सदैव बिचौलियाको प्रभावमा रहँदै आएको वैदेशिक रोजगार विभागले हालै आफूलाई ‘बिचौलिया मुक्त क्षेत्र’ घोषणा गर्दै ऐतिहासिक सुधारको खाका सार्वजनिक गरेको छ। यस कदमले विशेषगरी श्रमिक वर्गमा राहतको अनुभूति दिलाएको छ भने विगतमा कार्यालय धाउने र घुस खुवाउने बाध्यतालाई पूर्णविराम दिएको छ। विभागले अबदेखि श्रम स्वीकृति प्रदान गर्नेलगायतका प्रमुख सेवा विद्युतीय प्रणालीमार्फत अनलाइनबाटै उपलब्ध गराउने नीति लागू गरेको छ। यसरी डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखेसँगै, बिचौलियाको संजालमा आर्जन गर्नेहरुको धन्दा ठप्प भएको विभागले जनाएको छ।

बिज्ञापन

सिधा सम्पर्कका लागि मोबाइल नम्बर सार्वजनिक
विभागले सेवा प्रवाह अझ सहज बनाउन महानिर्देशक कमलप्रसाद भट्टराइ स्वयंको मोबाइल नम्बर ९८५११७१६०१ सार्वजनिक गर्दै कुनै पनि गुनासो, सुझाव वा उजुरी भए सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ। यस्तै, सेवा सम्वन्धी थप जानकारीका लागि उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीको मोबाइल नम्बर ९८५१३४२३९२ मा सम्पर्क गर्न सकिनेछ।

बिज्ञापन

कार्यालयमा ‘बिचौलिया निषेधित’ बोर्ड
महानिर्देशक भट्टराइले बुधबार नयाँ सूचना बोर्ड विभागको प्रवेशद्वारमै राखेका छन् जसमा स्पष्ट लेखिएको छ — “अब श्रम स्वीकृति तथा अन्य सेवा पूर्ण रूपमा अनलाइनबाट प्रदान गरिनेछ, कार्यालयमा भौतिक रूपमा उपस्थित हुन आवश्यक छैन।” सो बोर्डमा सेवा सम्वन्धी जानकारी, जिज्ञासा वा उजुरीको लागि विभागका प्रमुख कर्मचारीहरूको सम्पर्क नम्बरसमेत राखिएको छ।

‘२ मिनेटमा श्रम स्वीकृति’ — नयाँ मापदण्ड
महानिर्देशक भट्टराइका अनुसार अब श्रम स्वीकृति प्रक्रिया २ मिनेटभित्रै पूरा गर्न सकिन्छ। विगतमा झन्झटिलो प्रक्रिया, घण्टौं लाइन बस्नुपर्ने बाध्यता र बिचौलियालाई घुस दिनुपर्ने अवस्थाले सर्वसाधारण श्रमिकलाई पीडा दिंदै आएको थियो। नयाँ व्यवस्थाले त्यो पुरानो प्रणालीलाई पूर्ण रूपमा विस्थापित गरेको छ।

बिज्ञापन

ठगीविरुद्ध अभियान तीव्र
विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र भ्रष्टाचारविरुद्ध विशेष कानुनी अभियान पनि अघि बढाएको छ। पिडितको पक्षमा निर्णय गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने क्रम तीव्र बनाइएको विभागले जनाएको छ।

वैदेशिक रोजगारीका लागि खुल्ला मुलुकको विवरण
विभागका अनुसार संस्थागत तर्फ हाल १०३ देशमा श्रम स्वीकृति लिई जान सकिने व्यवस्था छ भने व्यक्तिगत तर्फबाट १७४ देशमा नेपाली श्रमिक जान पाउने व्यवस्था मिलाइएको छ। चालु आर्थिक वर्षमा हालसम्म ७ लाख ७८ हजार ३ सय ७८ जनाले श्रम स्वीकृति प्राप्त गरिसकेका छन्। महानिर्देशक भट्टराइको नेतृत्वमा वैदेशिक रोजगार विभागले अघि सारेको सुधारले नेपाली श्रमिक समुदायको जीवनमा सजिलो र भरोसा दिलाउने मार्ग तयार पारेको छ। डिजिटल प्रविधिको प्रयोग, बिचौलियाको अन्त्य, र छरितो सेवा प्रवाहले वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको नयाँ युग प्रारम्भ गरेको संकेत दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कुलिङ पिरियडको चलखेलमा मुछिएका सचिवको प्रतिक्रिया :’मैले हिजैदेखि जिम्मेवारी छाँडिसकें’

वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

भ्रष्टाचार भगाउने बौद्धिक बल

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

बिशेष