२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

पर्सा – पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिका- ४४ वर्षीय दीपककुमार सोनार र वीरगन्ज महानगरपालिका-३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव रहेका छन्।

बिज्ञापन

उनीहरूलाई पर्साका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

वर्णवालको साथबाट ९ लाख ४७ हजार, श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार र सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद भएको लम्सालले बताए।

बिज्ञापन

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारको रकमले कानुनी रित नपुग्ने हुँदा राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ।

पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष