बिज्ञापन
स्थानीय आर्थिक, सामाजिक र समन्यायिक विकास कुनै पनि राष्ट्रको समग्र समृद्धिको आधारशिला हो। आर्थिक विकासका पक्षमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग, सीपमूलक रोजगारीको सृजना, कृषि, पर्यटन तथा लघुउद्योगको प्रवर्द्धनले समुदायलाई आत्मनिर्भर बनाउँछ। सामाजिक पक्षमा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, सामाजिक सुरक्षा तथा लैङ्गिक समानताको सुनिश्चितताले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउँछ। उता, समन्यायिक विकासले जात, वर्ग, क्षेत्र र लिंगमा समान अवसरको प्रत्याभूति गर्दै समावेशीता र सामाजिक न्यायलाई सशक्त बनाउँछ।
बिज्ञापन
‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा हो। यी अवधारणाहरूलाई व्यवहारमा उतार्ने लक्ष्यका साथ ‘विश्वास’ र ‘कृपया’ अभियानहरू सञ्चालनमा ल्याइएका छन्। यसबारेमा अभियानका अवधारणाकार तथा अन्तर्राष्ट्रिय प्रशिक्षक हिम्मतसिंह लेकालीका अनुसार ‘विश्वास’ अभियान अन्तर्गत विद्यालय, स्वास्थ्य र सचेतना समावेश छन्।‘कृपया’ अभियान अन्तर्गत कृषि, पर्यटन र यातायात समेटिएका छन्। लेकालीका अनुसार विभिन्न स्थानीय तहहरूले यी दुई अभियानअनुसार विकास रणनीति अघि बढाएका छन् र यसले देखिने गरी सकारात्मक परिणामहरू दिन थालेको छ।
यसै प्रसङ्गमा अर्थशास्त्र र सुशासनका विज्ञ तथा अन्तर्राष्ट्रिय प्रशिक्षक डा. दामोदर रेग्मीले समावेशी तथा दिगो विकासमा आर्थिक र सुशासन प्रणालीको सशक्त भूमिका निर्वाह गरिरहनुभएको उल्लेख गरिएको छ। दिगो विकास लक्ष्य (SDG) र स्थानीयकरणलाई प्रभावकारी बनाउने संयोजनमा विज्ञ गणेश रावत संलग्न रहँदै आउनुभएको छ।
बिज्ञापन
यस अवधारणाका विकासका क्षेत्रीय स्तम्भहरूमा शिक्षा र स्वास्थ्य, कृषि र पर्यटन यातायात पूर्वाधार सचेतना र सुशासन रहेका छन् ।
शिक्षा मानव संसाधन विकासको मूल आधार हो। विद्यालयहरूले दक्ष, जिम्मेवार र सचेत नागरिक उत्पादन गर्छन्। त्यस्तै, स्वास्थ्य सेवाको पहुँचले श्रमशक्ति सशक्त र उत्पादक बनाउँछ।कृषि स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। यसको आधुनिकीकरणले खाद्य सुरक्षा, आयआर्जन र रोजगारीमा प्रत्यक्ष असर पुर्याउँछ। पर्यटनले सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षण गर्दै आम्दानी र रोजगारी सिर्जना गर्छ।सुलभ, सुरक्षित र दिगो यातायात प्रणालीले सेवा, बजार, सूचना र जनशक्तिको आदानप्रदानलाई सहज बनाउँछ। दुर्गम क्षेत्रलाई विकासको मूलधारमा ल्याउन यातायात पूर्वाधार अपरिहार्य हुन्छ।सचेतनाले जनतालाई अधिकार, कर्तव्य र सार्वजनिक सेवा बारे जानकार बनाउँदै सहभागी बनाउँछ। सुशासनले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र समावेशीता कायम गर्दै विकासलाई न्यायपूर्ण बनाउँछ भन्ने कुरा हिम्मतसिंह लेकालीले वताए।
‘विश्वास’ अभियान समृद्धि तर्फको समन्वित मार्गचित्र हो। यस‘विश्वास’ अभियानले शिक्षा, स्वास्थ्य, सचेतना, कृषि, पर्यटन, यातायात, सुशासन र समृद्धिलाई समेट्दै स्थानीय तहमा समन्वित विकासको मोडल स्थापित गरेको छ। यस अवधारणा मार्फत दक्ष मानव पूँजीको निर्माण आर्थिक उत्पादनशीलता र आयआर्जनमा वृद्धि सशक्त नागरिक समाजको विकास सेवाप्रवाहमा पारदर्शिता र निष्पक्षता दिगो र समावेशी विकासको सुनिश्चितता जस्ता उपलब्धिहरू हासिल गर्न सकिने कुरा डा. दामोदर रेग्मीले वताए।
यस अभियानमा हावापानी अभियान समेत समावेश भएको छ।यी सबै आयामहरूको समुचित कार्यान्वयनले स्थानीय तहहरूलाई आत्मनिर्भर, नवप्रवर्तनशील र समावेशी सुशासनको नमुना तहका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।