‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

रसुवा, असार १६ –

बिज्ञापन

उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्तीमा निर्माणाधीन सडक भत्किएको छ।

बिज्ञापन

सडकको ठेक्का पाउने ठेकेदार सुकुलाल तामाङ । उनले  सञ्चालन गरेको न्यु टेक इन्जिनियरिङ प्रा.लि. ले पुरै ग्याबिन वाल मात्र प्रयोग गरेपछि सडक भत्किएको हो।

स्थानीय युवासंघ अध्यक्षले भने, “आरसीसी प्रविधि अनिवार्य देखिएको ठाउँमा एकल ग्याबिन वाल मात्र लगाएर काम सकियो, सडक सकिन नपाउँदै माटो बग्न थाल्यो।” स्थानीय र जनप्रतिनिधिहरूले यो कार्यलाई प्राविधिक मापदण्डको खुला उल्लंघन भनेका छन्।

बिज्ञापन

सडकको जटिल भौगोलिक अवस्थालाई बेवास्ता गर्दै तामाङले सस्तो ग्याबिनमात्र प्रयोग गरेर ‘आँखामा छारो’ हाल्ने प्रयास गरेको स्थानीयले गुनासो गरेका छन्।

बेलकोटगढी गाउँपालिका (नुवाकोट) मा रहेको गाउँपालिका भवनको ठेक्का पनि सुकुलाल तामाङकै कम्पनीले पाएको थियो। तर सो भवन अहिले अलपत्र अवस्थामा छ।

गाउँपालिकाले पटक–पटक पत्र काटेर दबाब दिएको भए पनि काम सम्पन्न भएको छैन।

 चोगते सडक निर्माण मा पनि उनी विवादित बनेका छन्। अफिस स्रोतका अनुसार उनले कमसल काम गरेकाले ह्यान्डओभरसमेत लिन प्रशासनले अस्वीकार गरेको छ।

त्यस्तै रसुवाकै स्याउबारीको काम पनि उनले हात पारेका छन्। सो काम पनि सन्तोषजनक नरहेको स्थानीयहरू बताउँछन्।

सडक खण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक पुनः सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, नुवाकोटले भू-भौतिक अनुसन्धानमा आधारित प्रविधिको प्रयोग गरेको छ। सडक डिभिजन प्रमुख सुबोध कुमार देवकोटाका अनुसार विद्युतीय प्रतिरोधकता टोमोग्राम (ERT) प्रविधिको सहायताले पहिरोको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक सुधारात्मक काम गरिएको हो।

उक्त कार्यका लागि भू-प्राविधिक इन्जिनियरिङ्ग विशेषज्ञ डा. मधु सुदन आचार्यको नेतृत्वमा तयार गरिएको वैज्ञानिक प्रतिवेदनको आधारमा निर्माण कार्य अघि बढाइएको देवकोटाले बताए।

डिभिजन प्रमुख  देवकोटाका अनुसार, सडक खुलाउने काम भू-भौतिक अध्ययनको आधारमा गरिएको हो। उनले बताए अनुसार, विद्युतीय प्रतिरोधकता टोमोग्राम (ERT) प्रविधिको प्रयोग गरी पहिरोको जोखिम मूल्याङ्कन गरिएको थियो।

डा. मधुसुदन आचार्य नेतृत्वको भू-प्राविधिक इन्जिनियरिङ टिमद्वारा तयार गरिएको अध्ययन प्रतिवेदनको आधारमा समस्या समाधानको उपाय पहिचान गरी सुधारात्मक कार्य अगाडि बढाइएको डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार पूर्णरूपमा दुईतर्फी सडक सञ्चालन गर्न अझै केही समय लाग्न सक्ने भए पनि हालको अवस्थाले आवतजावतलाई सहज बनाएको छ। स्थानीयवासी र सवारी चालकहरूले यथाशीघ्र सडक सञ्चालनमा ल्याएकोप्रति प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

बिशेष