प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले २०८१ सालको एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।

बिज्ञापन

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको मध्ये ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बिज्ञापन

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ४८ हजार १७७ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३ दशमलव २ देखि ३ दशमव ६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याउने ८९ हजार १२४ जना, २ दशमलव ४ जिपिए देखि २ दशमलव ८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २ दशमलव ४ जिपिए ल्याउने चार हजार १२६ जना र १ दशमलव ६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन्  १२६ जना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।

नतिजा अनुसार जिपिए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् । यस्तै सबैभन्दा धेरै परीक्षार्थी जिपिए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।  यस्तै जिपिए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।नतिजाअनुसार यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

बिज्ञापन

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फतका अलवा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष