भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

विद्युतीय चुरोट (भेप) को आयात तथा बेचबिखनमा प्रतिवन्ध लगाउने सरकारको निर्णय अदालतले उल्ट्याइदिएको छ ।

बिज्ञापन

सरकारले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले अर्थ, सञ्चार र स्वास्थ्य मन्त्रालयसहित भन्सार तथा वाणिज्य विभागसमेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले हालै निवेदकको मागबमोजिम आदेश गरेपछि भेपको आयात तथा बिक्री रोक्ने सरकारको निर्णय उल्टिएको हो ।

बिज्ञापन

मन्त्रालयले एक वर्षदेखि भेपको आयात र बिक्रीमा रोक लगाए पनि गत २१ जेठमा उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले बाटो खुला गरिदिएको हो ।

उच्च अदालतले भेपको आयातबारे भन्सार विभागले रोग लगाएको पत्र कार्यान्वयन नगर्न भनेको छ । ‘सारभूत ऐनले आयात र निर्यात वितरणमा प्रतिबन्ध नलगाएको अवस्थामा कानुनसम्मत तरिकाले आयात इजाजत प्राप्त गरी आयात गरिएको विद्युतीय सिगरेट बिक्रीसम्बन्धी सर्त उल्लंघन नगरेको अवस्थामा गोदामबाट बरामद विद्युतीय सिगरेट ९भेप० बिक्रीमा लगाउने गरी विपक्षीबाट भएको पत्र कानुनसम्मतको नभई तत्काल कार्यान्वयनयोग्य नदेखिएकाले विपक्षी कार्यालयबाट भएको उल्लिखित निर्णय र पत्र कार्यान्वयन नगर्नू–नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष