प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा निस्कदै छन् । संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन । प्रधानमन्त्री ओलीसहितको टोली जुन २८ तारिख बिहान कतार एयरवेजमार्फत म्याड्रिड जाने र सोही दिन दिउँसो रेलमार्फत सेभिया प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

बिज्ञापन

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने कार्यतालिका रहेको छ ।

बिज्ञापन

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली सेभियामा जुन २९, ३० र जुलाई १ तारिख बस्ने कार्यक्रम छ । जुलाई २ मा सम्मेलनका केही सत्रहरूमा सहभागी भएर म्याड्रिड फर्कने र जुलाई ३ तारिख साँझ नेपाली समुदायसँग भेटवार्ता गरेर स्वदेश फर्किनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

प्रधानमन्त्रीको स्पेन भ्रमणमा २१ सदस्यीय रहनेछ,जहाँ तीन मन्त्रालयका सचिव,तीन सहसचिवसहितको प्रतिनिधि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । जहाँ अर्थ,परराष्ट्र र प्रधानमन्त्री कार्यालयका सचिव,अर्थका सहसचिव र परराष्ट्रका शिष्टाचार महापाल सहभागी रहनेछन् । भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास र व्यवस्थापन हेर्दै आएका सचिव राजकुमार श्रेष्ठका अलवा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् ।

बिज्ञापन

यस्तै भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य लगायत सहभागी रहनेछन् । यस्का अलवा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष