कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

कानुनविपरीत गृहजिल्ला मकवानपुर प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी स्किम सञ्चारकर्मीप्रति कठोर बन्न थालेकी छिन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सञ्चारकर्मीहरूलाई फोटो खिच्न तथा भिडियो छायांकनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

बिज्ञापन

 

बिज्ञापन

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई श्रेष्ठले कार्यकक्षमा फोटो खिच्न तथा भिडियो खिच्न नदिने निर्देशन दिएका थिए।

 

बिज्ञापन

प्रजिअ श्रेष्ठले महासंघ मकवानपुरका उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल, मनिल महतोसहितका सञ्चारकर्मीहरूलाई कार्यक्रमस्थलमा प्रवेशमा रोक लगाउनुका साथै दृश्य सामग्री संकलनमा पनि अवरोध पु¥याएको महासंघले जनाएको छ।

 

महासंघले सार्वजनिक पदमा रहेका व्यक्तिहरू अझ बढी प्रेसप्रति उत्तरदायी हुनुपर्नेमा उल्टै प्रेस स्वतन्त्रता संकुचित गर्ने व्यवहार देखिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघका महासचिव राधेश्याम खतिवडाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक पदधारीबाटै प्रेस जगतलाई सङ्कुचित गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हो।”

 

घटनाप्रति आत्मालोचना गर्न र भविष्यमा प्रेसविरोधी कार्य नगर्न प्रजिअ श्रेष्ठलाई महासंघले ध्यानाकर्षण गराएको छ। साथै संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै समाचार संकलन, प्रकाशन र प्रसारण गर्न पाउने स्वतन्त्र वातावरण निर्माणका लागि सरोकारवालासमक्ष महासंघले हार्दिक अपिल गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष