प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

पर्सा — बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। भ्रष्टाचारमा संलग्न भएको ठोस प्रमाण भेटिएको भन्दै आयोगले उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

शुक्रवार काठमाडौँस्थित आयोगको केन्द्रीय टोलीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो। उनीमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा कार्यरत रहँदा विभिन्न विकास योजना र ठेक्का प्रक्रियामा अनियमितता गर्दै गैरकानुनी लाभ लिएको आरोप छ।

 

बिज्ञापन

आयोग स्रोतका अनुसार, श्रीवास्तवले पदको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि रकम मागेको र लिएको पुष्टि हुने प्रमाण फेला परेको छ। उनले पोखरिया नगरपालिकामा कार्यरत रहँदा पनि यस्तै प्रकारका गतिविधि गरेको आशंका गरिएको छ।

 

हाल उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। स्थानीय तहमा रहेको प्रशासकीय पदको दुरुपयोग भएको यो घटना सार्वजनिक भएपछि सरोकारवालाबीच चासो बढेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको घुस काण्डको अडियो लिक

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

बिशेष