गृह मन्त्रालयले जिल्ला प्रशासनमा फेरबदल गर्दै भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित तीन जना सहसचिवको सरुवा गरेको छ।
बिज्ञापन
बिज्ञापन
नयाँ निर्णयअनुसार भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ। अर्यालको स्थानमा गृह मन्त्रालयले भरतमणि पाण्डेलाई भक्तपुरको प्रजिअ जिम्मेवारी दिएको छ। पाण्डे केही दिनअघि मात्रै कास्कीको प्रजिअबाट गृह मन्त्रालयमा तानिएका थिए।
यसैबीच, अर्घाखाँचीमा कार्यरत प्रजिअ वेदप्रसाद खरेललाई मन्त्रालयमै झिकिएको छ।
बिज्ञापन
गृह प्रशासनमा गरिएको यस पछिल्लो सरुवा निर्णयले स्थानीय प्रशासनिक संरचनामा नयाँ तालमेल र समन्वय ल्याउने अपेक्षा गरिएको छ।