नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।
बिज्ञापन
सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र मन्त्रीदेखि सत्ताधारी नेताहरुको क्षेत्रमा मात्र बढी बजेट विनियोजन गरिएको भन्दै उनले बजेट पुस्तिका च्यातेका हुन ।
बिज्ञापन
खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए । यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर पुस्तिका च्यातेको छु (च्यात्दै), धन्यवाद ।’