उसको सपना

उ थकित छ
दिनभरिको थकाइले
लखतरान भएर
उ विछ्यौनामा विश्रामित हुन्छ
जिन्दगीका ताना बाना बुन्दै
र मध्यरातमा उ जवर्जस्ति निदाउँछ
सुनौलो भविष्यको कल्पना गर्दै ।
रात आफैमा विषाक्त छ
उज्यालो निले पछि
उ उज्यालो खोज्दै छट्पटिन्छ
र सपना देख्न थाल्छ
उसले अचम्म देख्यो
जता ततै पीडा र छट्पटि देख्यो
जस्तो कि
देशमा डाँकुहरु पसेको देख्यो
र एक्लैले प्रतिरोध ग¥यो
देशको सीमा रेखा मेटिदै गरेको देख्यो
र एक्लैले सीमा रेखा को¥यो
अरब देशहरुमा युद्धपोत देख्यो
र हातमा खुकुरी लियो
भारत आफैमा विभक्त देख्यो
र आफ्नो देशलाई गम्लङ्ग् अंगालो हाल्यो ।
जापानका बैंकहरु लुटिएको देख्यो
र विश्व बैंकको तस्बिर देख्यो
विश्व बैंकको छेउमै
बुद्ध झोक्राइ रहेको देख्यो
बुद्धत्व प्राप्तिका लागि
जोडले शान्तिको नारा लगायो
उसको नारा कसैले सुनेन
उ युद्धको विभीषिकामा फस्यो
उसले बुद्धलाई सुमसुम्यायो
बुद्ध मौन बसे पछि
ग्रिनेड आक्रमणमा
स्वयम्भू ध्वस्त भएको देख्यो ।
गोर्वाचोभ, रेगन, बुस, चान्सलर
थ्याचर, कोइयार र अराफातहरुको
चर्को चर्को बहस देख्यो
तयारी मिसायल र बमहरु देख्यो
गड्याम्म/÷झड्याम्म
आवाजहरु सुन्यो
धुवाँका मुश्लोहरु देख्यो
हेर्दा हेर्दै
विश्वकै मानचित्र सल्किरहेको देख्यो
र आगाका लप्काहरुमा
संयुक्त राष्ट्र संघको ठिक सामुन्ने
राता, राता अक्षरमा
थर्ड वल्र्ड वार लेखिएको देख्यो ।
(गोर्वाचोभ, रेगन, बुस, चान्सलर, थ्याचर, कोइयार र आराफात . कविता लेखन ताका ०४६/०४७ का विश्व चर्चित पात्रहरु )
सुन्दरहरैंचा–६, दुलारी मोरङ
      ९८४२०७३५२५

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

निजामती सन्तती छात्रवृत्तिको नतिजा सार्वजनिक : ७९३ छनौंट,५५ को आवेदन अस्वीकार

बिशेष