गणेश ठाडा मगर एआईजीमा बढुवा

सशस्त्र प्रहरी बलका निडर र दृढ नेतृत्वकर्ता गणेशबहादुर ठाडा मगर संगठनको अतिरिक्त महानिरीक्षक (AIG) मा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसअनुसार ठाडा मगरलाई AIG बनाउने निर्णय गरेको हो।

बिज्ञापन

सशस्त्र प्रहरी संगठनमा अनुशासन, निष्ठा र कार्यकुशलताको प्रतीकका रूपमा चिनिँदै आएका ठाडा मगरको बढुवा प्रतिस्पर्धी वातावरणबीच सुनिश्चित भएको हो। गृह मन्त्रालयले उनको नाम जेठ १५ गते नै बढुवाका लागि सिफारिस गरेको थियो, तर शक्ति सन्तुलनको खेलका कारण निर्णय डेढ महिना अलमलमा परेको थियो।

बिज्ञापन

उक्त पदमा कमल गिरीसहित आधा दर्जनभन्दा बढी डीआईजीहरू आकांक्षी रहेका थिए। ती सबैलाई उछिन्दै ठाडा मगरले नेतृत्व क्षमताका आधारमा विश्वास जिते।

सशस्त्र प्रहरी संगठनभित्रका स्रोतहरूका अनुसार ठाडा मगरको बढुवा संगठनभित्र व्यावसायिक निष्ठा र इमानदार सेवाभावप्रति गरिएको सम्मानको रूपमा लिइएको छ। सुरक्षा क्षेत्रमा निष्कलंक छविका अधिकारीको पदोन्नतिले संगठनलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

बिज्ञापन

ठाडा मगरको कार्यशैली नेतृत्वमा स्पष्टता, निर्णय क्षमतामा दृढता र आदेशपालनमा अनुशासनका लागि परिचित छ। उनले नेतृत्व सम्हाल्ने यो अवसर सशस्त्र प्रहरी बललाई समृद्ध र परिणाममुखी बनाउने दिशामा प्रयोग गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शक्तिकेन्द्र हल्लाउने भन्सार अधिकृत अधिकारी:- कारबाहीको सिफारिसमाथि मन्त्रालय र विभागको मौनता

नयाँ सार्वजनिक जोश : शासन व्यवस्थाको पुनर्जीवनशील दृष्टिकोण

सचिव थरीथरीका :कसैलाई एक दिने,केहीलाई चार दिनका लागि

संघीय संसद् बैठक आज : निजामती विधेयक पारित गरिने

सुवेदीको हकमा उदार हुँदा डण्डुको सचिव बढुवा दुई महिना पछाडि धकेलियो

गणेश ठाडा मगर एआईजीमा बढुवा

घर जानु अघि ‘सम्मानका साथ’ बढुवा : खगेन्द्रप्रसाद सुवेदी सचिव बने

बालुवाटारमा साँझ मन्त्रिपरिषद् बैठक

बिशेष