जबरजस्ती करणी मुद्दामा सरकारी इञ्जिनियरलाई न्यायलयको ‘क्लिन चिट’

जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ ।

बिज्ञापन

घरमा काम सघाउने युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भइ छुटिसकेका इञ्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो । अदालतले पीडित युवतीले दाबी गरेझैं बलात्कार कसुरमा दाबी नपुग्ने ठहर गर्दै अदालतले यौन दुर्व्यवहारमा परिणत हुने आदेश गरेको हो ।

बिज्ञापन

इञ्जिनियर पोखरेलविरुद्ध ०८० असोज ६ गते अदालतमा मुद्दा दर्ता भएको थियो । उनी ८० साल असोज १३ गते पक्राउ परेका थिए । सोही वर्ष कात्तिक २० गते न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले पोखरेललाई धरौटीमा छाडेको थियो । त्यसयता पेसी तोकिए पनि पटक–पटक स्थगित र हेर्न नभ्याइने हुँदै आएको उक्त मुद्दाको ४४ ‍औँ पटकको पेसीमा शुक्रबार अदालतले बलात्कार मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो ।

गत शुक्रबार ४६ औं पटक पेशी चढेकोमा न्यायाधीश भुसालको इजलासले बलात्कार मुद्दामा दाबी नपुग्ने भन्दै यौन दुर्व्यवहारमा परिणत गरिदिएको हो । जिल्ला अदालतको आदेशसँग पक्राउ परेर थुनामा रहेका इञ्जिनियर पोखरेल शुक्रबार नै रिहा भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस

न्याय सेवा आयोगद्वारा ६३ उपसचिवको सरुवा

एक सचिव,१० सहसचिव,६५ उपसचिवसहित २३० कर्मचारीको सरुवा

संघकै सिको गर्दै प्रदेश सरकार : कर्मचारीलाई पाँच हजार मंहगी भत्ता

अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित प्रतिनिधिसभामा पेश भयो निजामती विद्येयक

संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

जबरजस्ती करणी मुद्दामा सरकारी इञ्जिनियरलाई न्यायलयको ‘क्लिन चिट’

फेरि पनि कार्यसूचीबाटै ‘गायब’ भयो निजामती सेवा विद्येयक

बिशेष