थप २ उपसचिवको काज रद्ध,दरबन्दी रहेकै कार्यालयमा फर्काइए ११९ कर्मचारी

गृह मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ । गृहले काजमा टिआइए विमानस्थलमा खटिएका उपसचिवद्वय अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको हो ।

बिज्ञापन

विमानस्थल अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी छ । त्यहाँ ‘उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत रहेकोमा प्रधानमन्त्री कार्यालयको पत्राचारपछि दरबन्दीभन्दा बढी काजमा खटिएका दुई उपसचिवहरुको काज फिर्ता गरिएको हो ।

बिज्ञापन

भिजिट भिसा प्रकरणका कारण तिर्थ भट्टराई चर्चामा आउनु पूर्व नायब सुब्बा (नासु) पदमा स्वीकृत दरबन्दी ९ मात्र रहे पनि २४ जना कार्यरत थिए। हाल यो संख्या घटेर १० मा झरेको छ। त्यस्तै, अध्यागमन अधिकृतको दरबन्दी १२१ रहेकोमा कुनै समय १४२ जना कार्यरत थिए भने अहिले यो संख्या घटेर ११९ पुगेको छ। बाँकी २ जना अधिकृत भोलिसम्ममा पठाइने तयारी भइरहेको स्रोतको भनाइ छ। यस्तै ६ उपसचिवको दरबन्दी रहेकोमा त्यहाँ ८ उपसचिव कार्यरत रहेकामध्ये २ फिर्ता गरिएको गृहले जनाएको छ ।
यस अघि नै गृहले सिंहदरबार अर्थात सुगम कार्यालयमा कार्यरत रही दरबन्दी दुर्गममा राख्ने ३७ कर्मचारीहरुको काज रद्ध गरिसकेको छ यस्तै स्वास्थ्यले २४ उच्च पदस्थ कर्मचारीहरुको काज रद्ध गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारदेखि सहसचिवसम्म ५६ कर्मचारीको काज रद्ध गरेको थियो ।

गृह मन्त्रालयले ६ उपसचिव,१६ शाखा अधिकृत र १५ जना नायब सुव्वा तहका कर्मचारीहरुलाई काज फिर्ता गरेर दरबन्दी रहेकै ठाउँमा खटाएको छ । यसरी दरबन्दी रहेको स्थानमा फर्किएका कर्मचारीहरुमा जिल्ला प्रशासन कार्यालय रोल्पामा दरबन्दी रहि हाल राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणमा कार्यरत रहेकी सन्ध्या सिग्देलझैं प्राधिकरणमै काजमा कार्यरत रहेका ज्ञाननाथ ढकाल,भिमकान्त शर्मा,रामबहादुर केसी,वेदनिधि खनालको काज फिर्ता गरेको हो गृहले । यी ६ जना उपसचिवहरु हुन । उनीहरुलाई यस अघि गृहले ज्ञाननाथलाई सल्यान जिप्रका,जिप्रका डोटीमा भिमकान्त,दैलेख जिल्ला प्रशासनमा रामबहादुर केसी, वैतडी जिल्ला प्रशासन कार्यालयमा वेदनिधि खनालको काज फिर्ता गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दरबन्दी रहेर हाल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेका बावुराम पन्थीको काज फिर्ता गरेको छ गृहले । यस्का अलवा गृहले १६ जना शाखा अधिकृतको काज फिर्ता गरेको छ । उनीहरु विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको दरबन्दी भए पनि काजमा सिंहदरबार,जिप्रका,काठमाडौं,भक्तपुर,ललितपुरमा कार्यरत रहेका थिए ।

बिज्ञापन

यस्तै कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणमै शाखा अधिकृतहरु कार्यरत रहेकामा उनीहरुको दरबन्दी फिर्ता भएको छ । जसमा दोलखामा कार्यरत सुरेन्द्र भट्टराई,कारागार कार्यालय स्याग्जामा दरबन्दी भएका खेमनारायण पौडेल,इलाका प्रशासक कार्यालय गोर्खा प्रदीप कुमार खड्काको दरबन्दी फिर्ता गरेको हो,मन्त्रालयले ।

यस्तै,भैरहवा अध्यागमनमा दरबन्दी भइ हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत भरतराज पाण्डे,जिप्रका संखुवासभामा दरबन्दी भइ काठमाडौं जिल्ला प्रशसनमै कार्यरत रहेका गौरिकान्त भट्टराई,इलाका प्रशासन रामेछापमा दरबन्दी राखेर काठमाडौं जिल्ला प्रशासनमा कार्यरत रहेका भिमराज बस्नेत,कारागार कार्यालय कपिलवस्तुमा दरबन्दी रहेकी उर्मिला अधिकारीको काज फिर्ता गरिएको छ । यस्का अलवा जिप्रका भोजपुरमा दरबन्दी रहेर हाल जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत रहेका लक्ष्मी प्रसाद तिमिल्सिना,ललितपुर जिप्रकामा कार्यरत सुशील कुमार भण्डारीको काज फिर्ता भएको छ । गृहले जिल्ल प्रशासन कार्यालय भक्तपुरमा कार्यरत रहेका अरुणकुमार राई,उनको दरबन्दी जिल्ला प्रशासन कार्यालय काभेपलाञ्चोकमा रहेको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवारमात्र काजमा रहेको २४ उच्च पदस्थ कर्मचारीहरु दरबन्दी रहेकै निकायमा फिर्ता हुने भएका छन् । दरबन्दी अन्यन्त्र भए पनि मन्त्रालयमा कार्यरत रहँदै आएका ती कर्मचारीलाई उनीहरुको दरबन्दी भएकै निकायमा फिर्ता गरिएको हो । मन्त्रालयका अनुसार कान्ति अस्पतालमा दरबन्दी रहेर मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा रहेका डा कृष्णप्रसाद पौडेल,वीर अस्पतालमा दरबन्दी रहेर स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका सरोज शर्मा,मोहन बस्नेत मन्त्री हुँदा दोहोरो तेहोरो जिम्मेवारमिा रहेका डा प्रकाश बुढाथोकी वीर अस्पतालमा फिर्ता हुने भएका हुन ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दबरन्दीमा रहेको डा अनुप बास्तोलाका अलवा १० औं तहका डा पुष्पराज पौडेल, डा सन्तोष मानन्धर, विमला नापित, हेमराज पुनमगर, रमेश प्रसाद जैशी, गोपाल पाण्डे, विशाल उपाध्याय, रोहित घिमिरे, डिल्लीराज आचार्य दरबन्दी भएकै कार्यालयमा फर्कन लागेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचार पछि दरबन्दी दुर्गममा राखेर सिंहदरबार अर्थात सुगमममा कार्यरत गृहका ६ उपसचिवसहित ३७ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयमा फिर्ता गराइएसँगै स्वास्थ्य मन्त्रालयले २४ उच्च पदस्थ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयम फिर्ता गर्न लागेको हो । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी बेगर काजमा कार्यरत रहेका ५६ जना कर्मचारीलाई दरबन्दी भएकै स्थानमा खटाइको छ । मन्त्रालयका अनुसार दुर्गममा दरबन्दी राखेर सिंहदरबारमा काजमा कार्यरत रहेका २ जना सहसचिव,२१ उपसचिव, ५ जना शाखा अधिकृत श्रेणीविहीन २८ जना कर्मचारीलाई दरबन्दी भएकै ठाँउमा खटाएको हो ।

प्रधानमन्त्री कार्यालयको परिपत्र पछि यी तीन मन्त्रालयले ११९ जना काजमा रहेको कर्मचारीको काज फिर्ता गर्दै दरबन्दी रहेकै ठाउँमा फिर्ता पठाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस

न्याय सेवा आयोगद्वारा ६३ उपसचिवको सरुवा

एक सचिव,१० सहसचिव,६५ उपसचिवसहित २३० कर्मचारीको सरुवा

संघकै सिको गर्दै प्रदेश सरकार : कर्मचारीलाई पाँच हजार मंहगी भत्ता

अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित प्रतिनिधिसभामा पेश भयो निजामती विद्येयक

संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

जबरजस्ती करणी मुद्दामा सरकारी इञ्जिनियरलाई न्यायलयको ‘क्लिन चिट’

फेरि पनि कार्यसूचीबाटै ‘गायब’ भयो निजामती सेवा विद्येयक

बिशेष