कर्मचारीमाथि एउटा निर्मम आरोप लाग्दै आएको छ,अवसर पाएको खण्डमा कात्रोमा समेत कमिसन खान पछि पर्दैनन् ।
बिज्ञापन
त्यस्तै आरोपलाई पृष्टि गरेका छन्,एक नासुले । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु अशोक कुमार यादवले किरिया खर्चमा समेत घुस लिए गत मंसिर ७ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत यादवले किरिया खर्चको रकमबाट घुस लिएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारले नासु बस्ने कुर्सी मुनिबाट रकम बरामद गरेको थियो ।
बिज्ञापन
नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकममा समेत घुस लिए पछि अख्तियारले नियन्त्रणमा लिएर विशेषमा मुद्धा लगेको थियो ।
अख्तियारले विशेषमा मुद्धा लगेको ६ महिना पछि अदालतले यादव घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायधीशद्धय राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।
बिज्ञापन
यस्तै विशेषले सोही मुद्धाका अर्का आरोपी दिनेश प्रसाद साहको हकमा दावी पुष्टि हुने वस्तु निष्ट प्रमाण नभेटिएकाले अदालतले सफाई दिएको छ ।