गृह मन्त्रालयका ३७ जना कर्मचारीहरुले दुगर्मममा दरबन्दी राखेर सिंहदरबार अर्थात सुगममा काजमा कार्यरत रहेको भेटिएको छ । यसरी दरबन्दी दुर्गममा राख्ने तर शक्तिकेन्द्र लगाएर सुगम त्यसमा पनि शहरी क्षेत्रमा अझैं मालदार अड्डातिर कार्यरत कर्मचारीहरुको काज फिर्ता भएको छ ।
बिज्ञापन
दुर्गममा दरबन्दी कायम भए पनि पहुँच र शक्तिकेन्द्र मिलाएर सुगममा कार्यरत रहेका ६ उपसचिव,१६ जना शाखा अधिकृत र १५ नायब सुव्वा तहका कर्मचारी कार्यरत रहेको भेटिएको छ । यसरी दुर्गममा दरबन्दी भइ सुगममा कार्यरत रहेका ३७ कर्मचारीको दरबन्दी फिर्ता गरेको हो गृहले ।
बिज्ञापन
जस अनुसार,जिल्ला प्रशासन कार्यालय रोल्पामा दरबन्दी रहि हाल राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणमा कार्यरत रहेकी सन्ध्या सिग्देलझैं प्राधिकरणमै काजमा कार्यरत रहेका ज्ञाननाथ ढकाल,भिमकान्त शर्मा,रामबहादुर केसी,वेदनिधि खनालको काज फिर्ता गरेको हो गृहले ।
यी ६ जना उपसचिवहरु हुन । उनीहरुलाई यस अघि गृहले ज्ञाननाथलाई सल्यान जिप्रका,जिप्रका डोटीमा भिमकान्त,दैलेख जिल्ला प्रशासनमा रामबहादुर केसी, वैतडी जिल्ला प्रशासन कार्यालयमा वेदनिधि खनालको काज फिर्ता गरेको हो ।
बिज्ञापन
यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दरबन्दी रहेर हाल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेका बावुराम पन्थीको काज फिर्ता गरेको छ गृहले ।
यस्का अलवा गृहले १६ जना शाखा अधिकृतको काज फिर्ता गरेको छ । उनीहरु विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको दरबन्दी भए पनि काजमा सिंहदरबार,जिप्रका,काठमाडौं,भक्तपुर,ललितपुरमा कार्यरत रहेका थिए ।
यस्तै कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणमै शाखा अधिकृतहरु कार्यरत रहेकामा उनीहरुको दरबन्दी फिर्ता भएको छ । जसमा दोलखामा कार्यरत सुरेन्द्र भट्टराई,कारागार कार्यालय स्याग्जामा दरबन्दी भएका खेमनारायण पौडेल,इलाका प्रशासक कार्यालय गोर्खा प्रदीप कुमार खड्काको दरबन्दी फिर्ता गरेको हो,मन्त्रालयले ।
यस्तै,भैरहवा अध्यागमनमा दरबन्दी भइ हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत भरतराज पाण्डे,जिप्रका संखुवासभामा दरबन्दी भइ काठमाडौं जिल्ला प्रशसनमै कार्यरत रहेका गौरिकान्त भट्टराई,इलाका प्रशासन रामेछापमा दरबन्दी राखेर काठमाडौं जिल्ला प्रशासनमा कार्यरत रहेका भिमराज बस्नेत,कारागार कार्यालय कपिलवस्तुमा दरबन्दी रहेकी उर्मिला अधिकारीको काज फिर्ता गरिएको छ । यस्का अलवा जिप्रका भोजपुरमा दरबन्दी रहेर हाल जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत रहेका लक्ष्मी प्रसाद तिमिल्सिना,ललितपुर जिप्रकामा कार्यरत सुशील कुमार भण्डारीको काज फिर्ता भएको छ । गृहले जिल्ल प्रशासन कार्यालय भक्तपुरमा कार्यरत रहेका अरुणकुमार राई,उनको दरबन्दी जिल्ला प्रशासन कार्यालय काभेपलाञ्चोकमा रहेको थियो ।
रौतहटमा खटाइए पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा काजमा कार्यरत रहेका देवचन्द्र गर्ताैला,कारागार कार्यालय गोरखामा दरबन्दी राखेर कसुरजन्य व्यवस्था विभागमा हाजिर गरिरहेकी विनु थापा,कास्की अध्यागमनको दरबन्दी राखेर कसुरजन्य विभागमा हाजिर गरेर तलब खाइरहेका कुलराज सुवेदी,सन्तोष पौडेल र खेमराज श्रेष्ठको काज फिर्ता गरिएको गृहले जनाएको छ ।
यस्तै १५ जना नासुको काज फिर्ता गरेको छ गृहले ।