एक जना अवकाश प्राप्त इञ्जिनियरले जागिरे अवधिमा साढे चार करोड अवैद्य आर्जन गरेको भन्दै अख्तियारले मुद्धा चलाएको छ । अख्तियारले इञ्जियिनर रामबाबु महतो कोइरी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्धा अगाडि बढाएको हो ।
बिज्ञापन
३२ बर्ष सरकारी जागिरे जीवनको क्रममा आर्जित चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको स्रोत देखाउन नसकेपछि अख्तियारले इञ्जिनियर कोइरीसहित उनको पत्नी मालाकुमारी समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको हो । कोइरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ ९साबिक नकटाझिज–६० स्थायी घर भई काठमाडौं महानगरपालिका– ४, चन्डोल बस्दै आएका छन् ।
बिज्ञापन
काठमाडौं महानगरपालिकाको इञ्जिनियरको रुपमा कार्यरत रहेका उनले जागिरे अवधिमा २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेका उनको साथमा ७ करोड ९६ लाख रुपैंया भेटिएको थियो । अख्तियारका अनुसार इञ्जिनियरले चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको स्रोत देखाउन नसकेपछि अख्तियारले इञ्जिनियर कोइरीसहित उनको पत्नीलाई समेत प्रतिवादी बनाउँदै मुद्धा चलाएको हो ।
अख्तियारले उनीविरुद्ध साढे चार करोड बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिवानाका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरिएको छ।
बिज्ञापन
यस्का अलवा कोइरीले सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुट्टा विवरण पेस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाइछिपाई राखिएको सम्पत्ति जफत गर्नसमेत मागदाबी गरेको छ।