इञ्जिनियरसँग साढे चार करोड अवैद्य सम्पत्ति

एक जना अवकाश प्राप्त इञ्जिनियरले जागिरे अवधिमा साढे चार करोड अवैद्य आर्जन गरेको भन्दै अख्तियारले मुद्धा चलाएको छ । अख्तियारले इञ्जियिनर रामबाबु महतो कोइरी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्धा अगाडि बढाएको हो ।

बिज्ञापन

३२ बर्ष सरकारी जागिरे जीवनको क्रममा आर्जित चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको स्रोत देखाउन नसकेपछि अख्तियारले इञ्जिनियर कोइरीसहित उनको पत्नी मालाकुमारी समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको हो । कोइरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ ९साबिक नकटाझिज–६० स्थायी घर भई काठमाडौं महानगरपालिका– ४, चन्डोल बस्दै आएका छन् ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाको इञ्जिनियरको रुपमा कार्यरत रहेका उनले जागिरे अवधिमा २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेका उनको साथमा ७ करोड ९६ लाख रुपैंया भेटिएको थियो । अख्तियारका अनुसार इञ्जिनियरले चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको स्रोत देखाउन नसकेपछि अख्तियारले इञ्जिनियर कोइरीसहित उनको पत्नीलाई समेत प्रतिवादी बनाउँदै मुद्धा चलाएको हो ।

अख्तियारले उनीविरुद्ध साढे चार करोड बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिवानाका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरिएको छ।

बिज्ञापन

यस्का अलवा कोइरीले सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुट्टा विवरण पेस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाइछिपाई राखिएको सम्पत्ति जफत गर्नसमेत मागदाबी गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष