टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

काठमाडौं — नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्कामा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगले आइतबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा हाल निलम्बनमा रहेका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ। भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपमा मुछिएपछि पौडेल निलम्बनमा परेका थिए। त्यसपछि २०८१ साल भदौमा सरकारले संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।

बिज्ञापन

बिलिङ प्रणालीको ठेक्का प्रक्रिया र कार्यान्वयनका क्रममा ठेक्का सम्झौता, सेवा कार्यान्वयन, मूल्यांकन तथा भुक्तानीसम्बन्धी चरणहरूमा भ्रष्टाचार भएको आयोगको ठहर छ।

आयोगले आरोपपत्रमा ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। उक्त बिगोअनुसार कैद र जरिवाना सजाय माग गर्दै, बिलिङ प्रकरणबाट मात्रै ९ करोड ८८ लाख रुपैयाँ बराबरको हानि–नोक्सानी भएको उल्लेख छ। आयोगले त्यो रकम असुल गर्न पनि अदालतसमक्ष माग राखेको छ।

बिज्ञापन

टेलिकमजस्तो ठूला आम्दानी गर्ने सार्वजनिक संस्थामा भएको भनिएको यस प्रकारको भ्रष्टाचारको प्रकरणले सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक नेपाल टेलिकमका एक दर्जन उच्च प्रशासक निलम्बित

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

कर्मचारीहरु कालोपट्टी बाँधेर काममा

संघीय निजामती सेवा ऐन जारी गर्न माग, कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

सार्वजनिक संस्थानमा मात्र ४५ सय बढी करार सेवाका कर्मचारी

बिशेष