टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं — नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियार स्रोतका अनुसार यो मुद्दामा हाल निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीमा परेका छन्। भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बनमा परेपछि २०८१ साल भदौमा सरकारले संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।

बिज्ञापन

बिलिङ प्रणालीको ठेक्का प्रक्रिया र कार्यान्वयनका क्रममा भएको भ्रष्टाचारका आधारमा अख्तियारले १८ जना संलग्नहरूमाथि ३३ करोड ४८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।

विशेष अदालतमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढिरहेको छ भने यससम्बन्धी फाइल अहिले पनि रुजु प्रक्रियामा रहेको स्रोतको भनाइ छ।

बिज्ञापन

बिलिङ प्रणालीजस्तो संवेदनशील पक्षमा भएका कथित अनियमितता र उच्च पदस्थ अधिकारीहरूको संलग्नताले टेलिकमको नेतृत्व र व्यवस्थापनप्रतिको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

बिशेष