प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

परदेशमा पनि ‘नेपाल’ झल्काउने थुप्रै नेपालीहरू छन्। तर, तीमध्ये अधिकांश भने ‘नेपालका नेपाली’ होइनन्। धेरैजसो त्यस्ता नेपालीहरू थाइल्यान्ड र म्यान्माका हुन्छन्, जसलाई हामीहरू नेपालीभाषी थाई—बर्मेली भनेर चिन्छौँ।

बिज्ञापन

नेपालीहरू जहाँ पुगेका छन्, त्यहाँ नेपालै बोकेर गएका छन्। उनीहरू आफ्नो गाउँ—नगरमा मिलेरै बसेका छन्। नेपालीमुलका ती विदेशी नागरिकहरू आफूलाई गोर्खाली पनि भन्छन्। उनीहरू नेपाली जाति अथवा नेपाली भाषा—साहित्य र संस्कृति भन्यो कि हुरुक्कै हुन्छन्। तर, अहिले त्यहीँ थाई—बर्मेलीहरूको नेपाली समाज ‘नेपाल’सँग झस्किएको छ। अर्थात्, नेपाली दूतावाससँग। ‘कूटनैतिक मर्यादा’मा रमाउनुपर्ने थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली अर्कै कुरामा रमाएपछि थाई नेपालीहरू असन्तुष्ट बनेका छन्।

बिज्ञापन

‘पदीय हैसियत बिर्सिएर एक—दुई जना व्यापारी र अनावश्यक खुरापात गर्दै हिँड्ने व्यक्तिहरूको स्वार्थपूर्तीमा लाग्दा थाइल्यान्डका नेपालीहरू राजदूतज्यूसँग रिसाएका छन्,’ थाई नेपाली समाजका एक प्रतिनिधिले भने। कुरो के रहेछ भने— थाइल्यान्डभर छरिएर रहेका सबै नेपालीभाषीहरूलाई जोड्ने सामाजिक संस्था रहेछ, ‘थाई नेपाली संघ।’ यहीँ संस्थाले दशकौँदेखि थाइल्यान्डमा नेपालको प्रचारप्रसार र नेपाली भावनाको जर्गेना गरिरहेको छ। तर, अहिले राजदूत वलीले यो संस्थालाई उपेक्षा गरेका छन्।

जबकि थाई नेपाली संघ, बैंकक शाखाले नेपाली पुस्तकालयको स्थापना गर्दै थियो, त्यसैबेला राजदूत वलीले पनि दूतावासमा पुस्तकालय स्थापना गरे। अर्को, थाई नेपाली संघले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको ‘साहित्यिक कार्यक्रम’लाई राजदूत धनबहादुर वलीले भाँजो हाले। बुद्ध जयन्ती होस् या दशैं—तिहारमा थाई नेपाली संघले नेपाली दूतावासको सहयोगमा भब्य कार्यक्रम गथ्र्यो। तर नेपाली राजदूतका रुपमा उनै वली बैंकक पुगेपछि आफूखुसी गर्न थाले। र, थाइल्यान्डको नेपाली समाज निराश बन्यो।

बिज्ञापन

थाइल्यान्डमा एक लाखभन्दा बढी नेपालीभाषी छन्, ती तीनथरिका छन्— नेपालका नेपाली। बर्मेली नेपाली र थाई नेपाली। उनीहरू हिजोका दिनसम्म एकतामै बाँधिएका थिए। सामूहिकतामा विश्वास गर्थे। थाई नेपाली संघलाई मूल संगठन मान्थे। खासगरी— नेपालको पर्यटक विकास, नेपाली भाषा, साहित्य र संस्कृतिको जर्गेनामा जुटेका छन्। उनीहरू विदेशमा बस्ने नेपालीभाषीहरू हुन्। स्वभाविक रुपमा नेपालको प्रतिनिधिमुलक संस्था नेपाली दूतावासको आर्थिक नैतिक वा भौतिक साथ–समर्थन, सहयोग चाहान्छन्। तर, उनीहरू नेपाली दूतावासको आडमा कुनै एक व्यक्तिको दादागिरी वा राजदूतको हस्तक्षेप चाहादैनन्।

‘यसअघि थाइल्यान्डमा खटिएका राजदूतहरू कहिल्यै थाई—नेपाली समाज भाँड्ने काममा लागेनन्। उनीहरू शान्त बस्थे, टीएनए र नेपालीभाषीलाई सहयोग गर्थे। नेता बन्दैनथे। अहिलेका राजदूतको तालै बेग्लै छ,’ गैरआवासीय नेपाली संघका एक पदाधिकारी भने। दूतावास स्रोतकाअनुसार राजदूत वलीले यो सबै गर्नुको पछाडि एक पात्र छन्— ती हुन् तिलक पोखरेल। उनी बाहिरबाहिर आफूलाई राजदूतको सल्लाहकार भन्छन्। आफूले दूतावासमार्फत् जे चाह्यो, त्यहीँ हुन्छ भनेर धाक लगाउँछन् तिलक। थाई नेपाली समाजका पदाधिकारीको भन्दा आफ्नो स्थान माथि भएको दाबी गर्छन् उनी। कतिसम्म भने थाई नेपाली संघलाई उपेक्षा गर्दै दूतावासभित्रै खोलिएको नेपाली पुस्तकालय र असार २९ गते दूतावासको आयोजनामा भानुजयन्ती बनाउने काम आफ्नै पहलमा भएको उनको भनाइ छ।

‘महामहिमज्यूसँग तिलकजीको राम्रो छ सम्बन्ध। उहाँ बिहानै दूतावास आउनुहुन्छ। यहाँका व्यापारीहरूले राजदूतलाई के भन्छन्, कसो भन्छन् सबै कुराको जानकारी हुन्छ। उहाँ हाम्रो सूचनाको स्रोत हो,’ दूतावासका एक कर्मचारीले भने। राजदूतको कार्यशैली र बर्मेली नेपाली युवा लेखक तिलकको रवैयाले आजित छन् थाई नेपाली। र, उनीहरूले नेपाली दूतावासबाट सहयोग खोजेका छन्, हस्तक्षेप होइन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष