निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

कर्मचारी प्रेसले पटक–पटक बिचौलिया गतिविधि सार्वजनिक गरेपछि गाईघाटका प्रमोद खड्का गम्भीर तनावमा परेका छन्। लामो समयदेखि मन्त्रालयहरूमा कर्मचारी सरुवाका नाममा चलखेल गर्दै आएका खड्काको प्रभाव पछिल्लो समय तीव्र रूपमा खस्किएको छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रमुख निकायहरूले खड्कासँग सम्बन्धित कुनै पनि फाइल नहेर्ने नीति लिएको स्रोतहरू बताउँछन्। सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखादेखि लिएर भूमि मन्त्रालयको मन्त्री सचिवालय र विभागसम्म अहिले खड्काको सिफारिसमा आधारित काम ठप्प छ।

बिज्ञापन

खड्कासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारीहरू समेत अहिले सरुवा माग्दै हिँड्न थालेका छन्। कार्यालयमा आफूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस गरेपछि केही कर्मचारी मानसिक दबाबमा परेको बताइएको छ।

यसअघि कर्मचारी प्रेसले ४१ जना कर्मचारीको सरुवा प्रक्रियाबारे समाचार प्रकाशित गरेको थियो। तर पछिल्लो चरणमा ती सरुवाहरू अघि नबढ्ने निश्चित भएपछि प्रमोद खड्काको लगानी खेर गएको स्रोतले जनाएको छ। लगानी डुब्ने त्राससँगै उनले मन्त्रालयहरूमा दवाब दिन प्रयास गरे पनि असर नपरेको देखिन्छ।

बिज्ञापन

अझ महत्वपूर्ण कुरा, प्रमोद खड्कासँग प्रत्यक्ष सम्पर्कमा रहेका वा उनको माध्यमबाट सरुवा भएका केही कर्मचारी अहिले आफैं सरुवा माग्दै मन्त्रालय धाइरहेका छन्। उनीहरूमध्ये कतिपयले गम्भीर मानसिक दबाबको महसुस गरिरहेको बताइएको छ। खड्कासँग जोडिएको भनेर चिनिएका कर्मचारीहरूलाई कार्यालयमा हेर्ने दृष्टिकोणसमेत बदलिएको बुझिएको छ। साथै, कर्मचारीको सेवा अवधि नपुगी दुई–तीन महिनामै हुने सरुवाको प्रक्रिया अहिले रोकिएको छ। यसले गर्दा बिचौलिया सञ्जालमार्फत चलाइने तत्कालीन लाभदायी सरुवा अहिले निष्क्रिय बनेको छ।

यसैबीच, खड्का हाल ललितपुरको लगनखेल मालपोत कार्यालयमा प्रभाव जमाउन लागि परेका छन्। त्यसका लागि अहिले वीरगञ्ज मालपोत कार्यालयमा कार्यरत अशोक भट्टराई वा काभ्रे मालपोत कार्यालयका प्रमुख दीपक कोइरालालाई ल्याउने योजनामा उनी सक्रिय भएका छन्। ती व्यक्तिहरूलाई लगनखेल पठाउनका लागि बिचौलियामार्फत ‘राम्रै खोका’ लगानी भइसकेको स्रोतहरू बताउँछन्।

यस क्रममा हालै इनरुवा मालपोत कार्यालयका प्रमुख षड कुमार पोखरेल जेठ १० गते रिटायर्ड भएका छन् भने विराटनगर मालपोत कार्यालयका प्रमुख भानुभक्त न्यौपाने पनि जेठ १६ गते अनिवार्य अवकाशमा गइसकेका छन्। यी रिक्त स्थानलाई ‘सुनौलो अवसर’ को रूपमा लिई आफ्नो मान्छे घुसाउने प्रयास भइरहेको देखिन्छ। तर मन्त्रालयमा खड्काको पहुँच कमजोर बनेपछि उनका प्रयास हालसम्म सफल हुन सकेका छैनन्।

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

उपसचिव टेकराजको मालपोत विभागमा एकछत्र राज:- मन्त्री ‘गुमराह’ मा, मोलमोलाई गर्दै मनपरी सरुवा

करोडौँ झ्वाम:- भूमि व्यवस्थामा सरुवा धमाधम 

सरुवामा गन्हाउने चलखेल:- मन्त्रीदेखि बिचौलियासम्मको सेटिङ

बिचौलिया खड्का ५० लाख खर्च गरेर हाकिम फेर्दै

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : अध्यागमनका ९ अधिकृतलाई सफाइ,विचौलियामात्र दोषी (पूर्णपाठसहित)

सडकमा कर्मचारी,सदनमा निजामती सेवा विद्येयक

यातायात व्यवसायीको अगाडि घुँडा टेक्यो सरकारले,आन्दोलन स्थगित

चेपुवामा परेको नेपालको प्रजातन्त्र

१४ दफा संशोधनको सहमति पछि स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

रसुवालाई संघ सरकारबाट १ अर्ब २० करोड अनुदान : धेरै नौकुण्डमा,कम आमाछोदिङ्मोलाई

बालेनका दाहिने हात पाण्डे निलम्बित, निमित्त प्रमुख जोशी

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

बिशेष