करोडौँ झ्वाम:- भूमि व्यवस्थामा सरुवा धमाधम 

भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखामा पछिल्लो समय सरुवा प्रक्रिया एक व्यक्तिको ईच्छामा निर्भर हुँदै गएको आरोप तीव्र रूपमा उठ्न थालेको छ। विभागको कर्मचारी प्रशासन शाखा अहिले भ्रष्टाचार, पहुँचको दुरुपयोग र शक्तिको दम्भको घेरामा फसेको छ। विभागका उपसचिव टेकराज अर्यालमाथि मन्त्रीलाई ‘गुमराह’ मा राख्दै सरुवा प्रक्रियामा व्यापक अनियमितता गरेको गम्भीर आरोप लागेको छ। विभागसँग आबद्ध दर्जनौं कर्मचारीहरूका अनुसार उपसचिव अर्यालले सरुवाको नाममा रकम असुली गर्ने, मन्त्रीको नाम लिँदै दबाब दिने र आफ्ना मिलनसार बिचौलियामार्फत ‘लिस्ट’ तयार गरी सरुवा प्रक्रिया अघि बढाउने कार्यलाई संस्थागत बनाएका छन्।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीको जिल्लाबाट सम्बन्ध राख्ने नाताले विभागमा छिरेका अर्याल मन्त्रीकै निर्देशन भन्दै निर्णय लिने गरेको देखिन्छ। तर मन्त्रालय सचिवालयका अनुसार मन्त्री अधिकारीलाई यस्ता क्रियाकलापको कुनै जानकारी छैन ।मन्त्री अधिकारी शिक्षक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका सरल स्वभावका इमान्दार नेताको छवि राख्छन्। तर उनी आफ्नै मन्त्रालयका उपसचिवबाट छायाँमा पारिएको देखिन्छ।

बिज्ञापन

उपसचिव अर्यालका लागि उदयपुर गाईघाटका प्रमोद खड्का ‘लिस्ट म्यान’ बनेका छन्। प्रमोदको हातबाट बनेको सरुवा सूचीअनुसार विभागले कर्मचारीहरूको पोस्टिङ गरिरहेको प्रमाणहरू बाहिरिएका छन्। पीडित कर्मचारीहरूका अनुसार उक्त लिस्टका आधारमा सरुवाको ‘रेट’ तोकिन्छ – स्थान र सुविधा अनुसार रकम फरक-फरक हुनेगरेको बताइन्छ। उपसचिव अर्यालले सरुवा मात्र होइन, ‘काज’ (अस्थायी कार्य अवधि) लाई पनि पैसा असुलीको माध्यम बनाएका छन्। विभागीय स्रोतका अनुसार, उनी आफ्नो सम्पर्कका कर्मचारीहरूलाई मनपरी कार्यालयमा ‘काजमा’ पठाउने गर्छन् – जहाँ उनीहरूलाई सहज वातावरण, राम्रो सुविधा र प्रलोभन हुन्छ। यस्ता काजहरू प्रायः सेटिङ गरिएको कार्यालयमा पठाइने, जहाँ ‘बसोबास र खानपान’को समेत प्रबन्ध कार्यालयमै गर्न लगाइन्छ।

कर्मचारी काजमा पठाउनुपर्ने निर्णय, कुन कार्यालयमा पठाउने, कति समयको काज हुने – यी सबै निर्णयहरू प्रमोद खड्का नामक बिचौलियाको ‘सिफारिस’ अनुसार हुने गम्भीर आरोप लागेका छन्। प्रमोद विभागमा कुनै पदमा नरहे पनि, उनले उपसचिवलाई कर्मचारीहरूको नाम, चाहेका कार्यालय, र भुक्तानीको दरखास्तसहितको ‘सूची’ नै उपलब्ध गराउने गर्छन्। तर उपसचिव अर्यालले भने प्रमोद खड्कालाई आजसम्म चिनेको छैन भन्दै पन्छिए । उनी भन्छन् “को प्रमोद खड्का हो अहिलेसम्म मैले देखेको पनि छैन चिनेको पनि छैन।”

बिज्ञापन

हरि प्रसाद न्यौपाने, सुमन सैजु, सुमन पौडेल, सुमन खड्का, सन्दीप राना, श्याम प्रसाद मैनाली, शिवराज जोशी, विष्णु प्रसाद अधिकारी, विशाल सुन्दास, विराजु पटेल, विन्दु घिमिरे, विकास सिंह प्रधान, वाणी विलास पोखरेल, लक्ष्मण रावल, रामजी मेहतर डोम, राम कुमार थापा, राजेन्द्र खड्‌का, राजेन्द्र कुमार श्रेष्ठ, राज कुमार योगी, रमेश कुमार पाण्डे, मोहन बहादुर राजबंशी, मोहन कुमार पुन, मेगराज निरौली, मिन बहादुर थापा, मणिराम कोइराला, भेषराज दाहाल, भिम बहादुर घर्ति, बम बहादुर रोकाया, प्रमोद यादव, प्रमिला पोखरेल, प्रज्जवल गोपाल श्रेष्ठ, पदम बहादुर कार्की, निश्चल मास्के, धन बहादुर शाही, धन बहादुर घर्ति, देव बहादुर के.सी., तुल्सी राम चौधरी, चुडामणी पराजुली, चिरन्जिवी दाहाल, चन्द्र बहादुर कटुवाल, गोरख बहादुर भण्डारी, गिरिजा आचार्य, गणेश प्रसाद भट्टराई, गणेश न्यापाने, खेमराज श्रेष्ठ, खगेन्द्र कुमार मल्लिक, कृष्ण घिमिरे, किशोर कुमार रसाइली, कमल कुमार क्षेत्री लगाएत ५७ जना खरिदार, नायब सुब्बा र अधिकृतहरुको सरुवा गरिएको छ । उपसचिव अर्याल भने कति जनाको सरुवा गरिएको थाहा नभएको भन्दै पानीमुनि ओबानो बन्न खोजे । स्मरण रहोस् यी सरुवाहरू उनीबाटै कलम चोपिएर भएको हो।

विभागमा भएको कर्मचारीहरूको सरुवाको विवरण प्रवक्तालाई समेत जानकारी छैन । विभागको प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका छन् वेदप्रसाद आचार्य तर विभागले गरेको सरुवाको विषयमा कुनै प्रवक्तालाई समेत कुनै जानकारी नभएको बताएका छन्। उनले भने “सरुवाको विषय सबै कर्मचारी प्रशासन शाखाका प्रमुख टेकराज  अर्याललाई नै थाहा हुन्छ हामीलाई केही पनि जानकारी हुँदैन।” उनीहरुको सरुवा गर्दा ५ लाखको दरले साडे दुई  करोड भन्दा बढी उठाइएको चर्चा बिभाग देखि मन्त्रालयसम्म चर्चा रहेको छ ।

त्यस्तै बिभागमा ४१ जना कर्मचारीहरुको मोलमलाइ गर्दै सरुवाको तयारी गरिदै छ । सरुवा हुन हेम राज भट्ट, सुनिल कुमार गुरमैता, सुकिन्द्र कुमार साह, सहदेव पोडेल, शुसिल कार्की, शान्ति शर्मा आचार्य, विष्णु बहादुर बुढा, रुबि कुमारी यादव, रुपेश ज्ञवाली, रामचन्द्र गौतम, राजेश के.सी., राजन सुवेदी, राज कुमार पासवान, रविन शाही, रमेश रेग्मी, मोहन बहादुर राई, महेश सिंह बुडाल विष्ट, भानु भक्त भट्टराई, प्रमोद नेपाल, पशुपति अधकारी, धर्म राज उप्रेती, देवि दत्त घिमिरे, देबेन्द्र कुमार यादव, दिलिप प्रसाद ढुंगाना, दिनेश भट्टराई तेज नारायण श्रेष्ठ, तिर्थ बहादुर महतारा, ठाकुर प्रसाद बराल, जिवन बस्नेत, गोरख बहादुर घलान, गुणानन्द झा, केशब भटराई, कृष्ण राना, एक राज घिमिरे बाकी छ्न । उनीहरुलाइ केही दिनमै सरुवा गरिदै छ ।

स्रोतहरूका अनुसार, केही दिनअघि उनी धनगढीबाट उठ्दै कोहलपुरसम्म पुगेर मोटो रकम बटुलेर काठमाडौं फर्किएका छन्। भेटघाटका नाममा स्थानीय मालपोत कर्मचारीहरूलाई बोलाउने, सरुवा मिलाइदिने प्रलोभन दिने, र त्यसबापत ‘सहयोग’ माग्ने क्रम अहिले तीव्र बनेको पीडित कर्मचारीहरूको भनाइ छ। काठमाडौं फर्किएलगत्तै उपसचिव अर्याल झापा, सुनसरी र मोरङका मालपोत कार्यालयतिर जाने तयारीमा छन्। पूर्वका ती कार्यालयहरूमा सरुवा गराइदिन्छु भन्दै कर्मचारीहरूलाई आन्तरिक आतंक सिर्जना गर्ने, पैसा उठाउने, र कतिपय अवस्थामा घरायसी सामानसमेत ‘अनिवार्य रूपमा’ उपलव्ध गराउन लगाउने जस्ता कार्य दोहोरिरहेको बताइएको छ। सरुवाको विषयमा भने उनले काजमात्र सरुवा भएको स्वीकारेका छन्। तर त्यही काजमा पछिल्लो समय सबैभन्दा ठूलो मोल मलाई भइरहेको छ। र सरुवा गरिएको छ।

कर्मचारीहरू आतंकित, विभाग मौनयसरी सरुवा र नियन्त्रणको नाममा कर्मचारीमाथि अनैतिक दवाब सिर्जना गर्नु, व्यक्तिगत लाभ उठाउनु, र सरकारी संयन्त्रको दुरुपयोग गर्नु अत्यन्त गम्भीर विषय हो। तर, विभागीय नेतृत्व र मन्त्रालयको शीर्ष तहमा भने यसबारे मौनता छ।पीडित कर्मचारीहरूको भनाइ अनुसार –“उपसचिव सँग भेट्न बोलाउँछ, होटेलमा भेट हुन्छ, त्यहीँ माग हुन्छ। पैसा छैन भने, सामान किन्न भनिन्छ। सरुवा गराइदिन्छु भन्दै त्रास फैलाइन्छ।”

यो पनि पढ्नुहोस्। 

उपसचिव टेकराजको मालपोत विभागमा एकछत्र राज:- मन्त्री ‘गुमराह’ मा, मोलमोलाई गर्दै मनपरी सरुवा

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

आर्थिक चलखेल गरी फेरि मालपोतका कर्मचारी सरुवा,धमाधम तयार हुँदै पत्र

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१७ उपसचिव र ४ शाखा अधिकृतको सरुवा

इटाभट्टामा मान्छे जलाउने कांग्रेस नेता अफताव आलमलाई उच्च अदालतको सफाइ

विशाल सिमेन्टदेखि गोरखा डिपार्टमेन्टसम्मले तिरेनन कर

पवन केसीले गाए शिव स्तोत्र

स्वार्थ समूहको चलखेल : निजामती विद्येयक कार्यसूचीबाटै ‘गायब’

वालुवाटार पुगेका गृहमन्त्रीलाई ‘पद त्याग्ने कुरै नगर्नुहोस’ भन्दै फर्काइदिए प्रधानमन्त्रीले

गभर्नर पौडेलविरुद्धको रिट न्यायधीश मुसलमानको इजलाशमा

अर्थमा कुन कुन पदका दरबन्दी काटिँदै,कुन पदमा कति छ थपिँदै ?

बिशेष